राहदानी सेवा तीनमहिनादेखि बन्द « Khabarhub

राहदानी सेवा तीनमहिनादेखि बन्द


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – जिल्लामा साढे तीन महिनादेखि राहदानी सेवा बन्द हुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् । विद्युतीय राहदानी जारी गर्ने कार्यका लागि जिल्ला प्रशासन कार्यालय बैतडीले गत मङ्सिर २ गतेदेखि एमआरपी पासपोर्ट वितरण गर्ने कार्य बन्द गरेको थियो ।

लामो समयसम्म पनि विद्युतीय राहदानी जारी गर्ने प्रणाली जडान नहुँदा विदेश जाने तयारीमा रहेका जिल्लाका नागरिकहरु समस्यामा परेका छन् ।
अत्यन्त जरुरी भई कारण र प्रमाणसहित आएका सेवाग्राहीबाहेक अन्य राहदानीको दु्रत सिफारिस र साधारण राहदानी फारम सङ्कलन गर्ने कार्य मङ्सिरदेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने, ‘विद्युतीय राहदानी जारी गर्ने भनेर एमआरपी बन्द गरिएको हो, तर हालसम्म पनि विद्युतीय राहदानी वितरण सुरु हुन सकेको छैन ।’

सरकारले प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी वितरण गर्ने रणनीति लिए पनि उक्त प्रणाली जडानका लागि प्राविधिक टोली नआउँदा ढिलाइ भएको सूचना अधिकारी भारतीको भनाइ छ । अहिले सुदुरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा मात्रै विद्युतीय राहदानी वितरण भइरहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ६ : ०३ बजे

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत