रुसको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु « Khabarhub

रुसको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : रुसी सेनाको आक्रमणबाट युक्रेनमा १ सय ३७ जनाको मृत्यु भएको छ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले रुसले प्रहार गरेको बम, मिसाइल लगायत विष्फोट पदार्थको आक्रमणमा परेका युक्रेनका १ सय ३७ जनाको मृत्यु भएको हो ।

आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक धेरै छन् । केही सर्वसाधारणको पनि मृत्यु भएको बिबिसीले जनाएको छ । रुसले बिहीबार बिहानदेखि आक्रमण तीव्र पारेको छ । युक्रेनले आफ्नो देशको रक्षा गर्ने बताएपछि प्रतिवादमा आक्रमण बुन्न सकेको छैन ।

तर रुसले एकपछि अर्को गरि आक्रमण गरिरहेको छ । रुसको आक्रमणपछि मानिसहरु भागेर छिमेकी देशतर्फ जान हजारौँ लाइन लागेका छन् । राजधानी किभबाट आफ्नो गाडी र कतिपय पैदल हिडेर मानिसहरु देश छाड्न लागिरहेका छन् ।

तर युद्धका कारण मानवअधिकारकर्मी विष्फोट भएका ठाउँमा पुग्न नसकेका कारण मृत्यु भएकाको स्वतन्त्र पुष्टि हुने एकिन संख्या आउन सकेको छैन । साथै युक्रेनी सीमा रक्षक सेवा डीपीएसएले १८ वर्षदेखि ६० वर्ष उमेर समूहका पुरुषलाई सीमाबाट देशबाहिर जान रोक लगाएको छ ।

युक्रेनलाई आक्रमण गरेपछि विश्व शक्ति राष्ट्रले रुसमाथि एकपछि अर्को गरि प्रतिबन्ध लगाएका छन् तर रुसले आक्रमण रोकेको छैन । जसकारण युक्रेनमा अझै ठूलो क्षति हुन सक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : ३० बजे

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा