नेपालको ‘राष्ट्रिय समस्या प्रचण्ड’ हटाउन नयाँ गठबन्धन | Khabarhub Khabarhub

नेपालको ‘राष्ट्रिय समस्या प्रचण्ड’ हटाउन नयाँ गठबन्धन

एमसीसीलाई गिजोल्दै काठमाडौँलाई रणभूमि बनाउने नेताको भित्री स्वार्थ



काठमाडौँ : जतिबेला नेकपा फुट्यो । एमाले सरकारबाट बाहिरियो । कांग्रेससँग मिलेर माओवादी फेरि सत्तारोहण भएका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ‘प्रचण्ड राष्ट्रिय समस्या’ भएको टिप्पणी गरेका थिए ।

ओलीले प्रचण्डप्रति गरेको यो टिप्पणी सामाजिक सञ्जालमा भाइरल बनेको थियो । पछि संसद्मा प्रचण्डले यसको जवाफ दिने क्रममा आफू समस्या नभई परिवर्तनको आगो भएको दाबी गरेका थिए । यसले केही समय राम्रै चर्चा पाएको थियो । तर पनि समस्याको समाधान भएन ।

नेपालमा सबैभन्दा बढी अस्थिर र राजनीतिक स्वार्थपूर्ति गर्ने नेताका रुपमा प्रचण्ड परिचित छन् । पहिले आफूले प्रधानमन्त्री पद नपाउँदा प्रचण्डले ओलीलाई सत्ताबाट हटाएका थिए । त्यसमाथि ओली आफैले संसद् विघटन गरेपछि एमाले माओवादी मिलेर बनेको नेकपा सरकार ढलेको थियो । ओलीलाई प्रतिगमनको नाइके बताउने प्रचण्ड यतिबेला फेरि नेपालको राजनीतिमा राष्ट्रिय समस्याका रुपमा खडा भएका छन्।

जो यतिबेला अमेरिकी सहायता परियोजना एमसीसीलाई गिजोलेर काठमाडौँलाई रणभूमि बनाउन उद्धत देखिन्छन् । आफू सत्ता, सदन र सरकारमा छन् । तर कार्यकर्तालाई प्रहरीबाट कुटाई खुवाएर उनी नेपालमा राष्ट्रवादको नारा भजाउँदै स्वार्थको राजनीति गरिरहेका छन् ।

प्रचण्डबाट आजित भएर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा यतिबेला एमालेसँग नयाँ गठबन्धन गर्ने प्रयासमा छन् । यसका लागि प्रारम्भिकदेखि निर्णायक चरणका वार्ता भइरहेका छन् । बिहीबार बेलूकी मात्रै भएको पछिल्लो वार्ताले एमाले सरकारमा जाने र प्रचण्डलाई सत्ता गठबन्धनबाट हटाउने विषयमा बालुवाटारको राजनीति विकास भइरहेको छ ।

प्रचण्डलाई माधव नेपालबाहेक अरु पार्टीले दरो रुपमा साथ दिन सकेका छैनन । सत्ता सहयात्रा गरेर पनि सरकारले ल्याएको प्रस्ताव अस्वीकार गरेका कारण प्रचण्ड नैतिक रुपमा सत्तामा बस्न मिल्दैन । तर पनि उनी सत्ता छाड्न तयार देखिदैनन् । त्यसमाथि देउवाले ओलीसँग एमसीसी पारित गरेर सरकारमा आउन प्रस्ताव गरिरहेका बेला प्रचण्ड फेरि ओलीलाई नै प्रधानमन्त्री बन्न नयाँ अफर दिइरहेका छन्।

यसले राष्ट्रिय राजनीतिमा प्रचण्ड फेरि एकपटक अस्थिरताका नायक र दलहरुबीचको एकतामा स्वार्थ हालेर आफूखुशी सत्तामा रमाउने पात्रका रुपमा सतहमा आएका छन् । शुक्रबार संसद् बैठकमा एमसीसीको विषयमा बहस हुनुअघि बिहीबारको दृश्य रोचक रह्यो ।

जहाँ प्रचण्डले सरकार र प्रतिपक्षलाई छलेर सभामुखबाट एमसीसी प्रस्तावलाई नै खेलाँची बनाए । उनले मत विभाजनका आधारमा एमसीसी प्रस्तावलाई निष्क्रिय बनाउने प्रयत्न गर्दा प्रधानमन्त्री देउवाले हठात संसद् बैठक रोक्न सभामुखलाई भनेका थिए । जसको चर्चा बिहीबार बालुवाटारमा एमाले र कांग्रेसका शीर्ष नेताहरुबीच भयो । त्यसअघि नयाँ बानेश्वरमा कांग्रेस र एमालेका नेता तथा माओवादी र एमालेका शीर्ष नेताबीचको भेटवार्तामा पनि भएको थियो ।

नयाँ बानेश्वरमा संसद् विघटनपछि ओली र प्रचण्ड पहिलोपटक एकसाथ भेटेका थिए । अनि देउवा र ओलीबीच पनि नयाँ सत्ता समीकरणबारे नयाँ बानेश्ववरमै छलफल भएको थियो । यसले पनि प्रचण्ड सरकार, जनता, सत्ता, प्रतिपक्षीभन्दा आफ्नो स्वार्थमा खेलिरहेपछि ओली र देउवा सत्ता सहयात्रा गर्ने निष्कर्षमा पुगेका छन् ।

सदनमा राम्रोसँग छलफल गरेर, गुण र दोषको आधारमा एमसीसी पास वा फेल गर्नुपर्ने अवस्थामा प्रचण्ड काठमाडौँका सडकमा प्रहरी र प्रदर्शनकारीलाई भिडाइरहेका छन् । आफ्नो सत्ताको रोटी सेक्न प्रचण्ड जनतालाई फेरि भ्रममा राखेर एमसीसीमाथि स्वार्थको राजनीति गरिरहेका टिप्पणी चर्को रुपमा आइरहेको छ ।

यो सामान्य विषय मात्रै होइन, देश र जनताका लागि घातक कुरा हो । प्रचण्डको यो स्वार्थपूर्ति गर्ने अस्थिरताविरुद्ध कांग्रेस र एमालेले आगामी चुनावसम्मै नयाँ गठबन्धन गर्ने प्रयास गरिरहेका छन् । यदि यो प्रयासले सार्थकता पाएको खण्डमा तत्कालै माओवादी सत्ताबाट मात्रै बाहिरिने छैन, एक्लै चुनावमा जाँदा जनताबाट पनि ‘पत्तासाफ’ हुने सम्भावना रहेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १२ : २३ बजे

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँको

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी–सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका

आगलागी हुँदा २५ लाख बढीको क्षति

कञ्चनपु– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै