‘म यस्तो गीत गाउँछु २’ आजदेखि हलमा « Khabarhub

‘म यस्तो गीत गाउँछु २’ आजदेखि हलमा


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको तेस्रो लहरपछि पहिलोपटक नेपाली चलचित्र आज (शुक्रबार)देखि सिनेमा हलमा लाग्दैछ । सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु २’ आज देशभरका सिनेमा हलमा रिलिज गरिएको हो ।

चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ । सांगीतिक कथावस्तुमा आधारित ‘म यस्तो गीत गाउँछु २’ सिक्वेल चलचित्र हो । यसअघि ‘म यस्तो गीत गाउँछु’चलचित्र पनि सफल भएको थियो । पल शाह र पूजा शर्माको अभिनयलाई सबैले मन पराएका थिए ।

तर, यससपटक भने माहोल अलि फरक देखिएको छ । चलचित्रका अभिनेता पल शाहविरुद्ध एक गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तनहुँ प्रहरीमा किटानी जाहेरी परेको छ । सोही कारण पल शाहको जुन लोकप्रियता छ त्यसमा यो काण्डले असर गर्ने र चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ । यो कुरालाई निर्माता एवं अभिनेत्री पूजा शर्माले पनि स्वीकारेकी छन् । उनले आफ्नो टिमप्रति कालो छायाँ परेको र कसैको आँखा लागेको टिप्पणी गरेकी छन् ।

नेपाली चलचित्रकर्मीहरूले भने जे जस्तो भए पनि यो महामारीका बीचमा ‘म यस्तो गीत गाउँछु २’ निर्माण टिमले चलचित्र रिलिज गरेर ठूलो जोखिम मोलेको भन्दै दर्शकले नेपाली चलचित्रलाई माया गरिदिनुपर्ने अभिव्यक्ति दिइरहेका छन् । नेपाली दर्शकले धेरै समयदेखि फ्रेस नेपाली चलचित्र हेर्न नपाइरहेको अवस्थामा ‘म यस्तो गीत गाउँछु २’ले राम्रै साथ पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : १४ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन