संसदबाट एमसीसी अनुमोदन गर्ने टुंगो कार्यव्यवस्था समितिबाट : कांग्रेस प्रवक्ता महत « Khabarhub

संसदबाट एमसीसी अनुमोदन गर्ने टुंगो कार्यव्यवस्था समितिबाट : कांग्रेस प्रवक्ता महत


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारलाई साथ दिने दलसँग मिलेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने बताएका छन् ।

एमसीसी सम्झौता संसदमा पेस भइसकेकाले अब पारित गर्ने/ नगर्ने निर्णय कांग्रेसलाई जुन दलले साथ दिन्छ त्यही दलसँग मिलेर हुने उनले बताएका छन्। एमसीसी अनुमोदनका लागि संसदमा कांग्रेसलाई जुन दलले साथ दिन्छ, उहीसँग हाम्रो सहकार्य हुन्छ,’ डा.महतले भने ।

सत्ता साझेदार दलहरूले साथ नदिएपछि कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग मिलेर एमसीसी पास गर्ने प्रयास गरेको छ । यसैको प्रयासस्वरूप हिजोदेखि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ।

एमसीसी संसदमा कसरी अघि बढाउने भन्नेबारे आजको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर निर्णय हुने नेता महतले जानकारी दिए ।

एमसीसी ध्वनि मत र मत विभाजनमध्ये कसरी अगाडि बढाउने भन्नेमा विवाद हुँदा हिजोको प्रतिनिधिसभा बैठक आजका लागि सारिएको छ । कांग्रेस ध्वनि मतको आधारमा एमसीसीलाई सदनमा अघि बढाउन चाहन्छ भने माओवादी केन्द्रले मत विभाजन गर्नुपर्ने अडान राखेको छ ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : ३५ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन