युक्रेन आक्रमणपछि रुसमाथि अमेरिकाद्वारा थप प्रतिबन्धको घोषणा « Khabarhub

युक्रेन आक्रमणपछि रुसमाथि अमेरिकाद्वारा थप प्रतिबन्धको घोषणा


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुसले युक्रेनमाथि सैन्य हमला गरेको विरोधमा अमेरिकाले रुसमाथि कडा प्रतिबन्धहरूको घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ प्रतिबन्धको घोषणा गरेको भ्वाईस अफ अमेरिकाले जनाएको छ। नयाँ प्रतिबन्धको घोषणा गर्दै राष्ट्रपति बाइडेनले रुसी आक्रामकता अनुत्तरित हुन नसक्ने र अमेरिका स्वतन्त्रताको पक्षमा उभिने बताएका छन्।

बाइडेनले घोषणा गरेको नयाँ प्रतिबन्ध रूसी बैंकहरू, धनाढ्यहरू, प्रविधिको क्षेत्र, निर्यात लगायत क्षेत्रहरू समावेश रहेको जनाइएको छ। अमेरिकी प्रतिबन्ध रुसको अर्थतन्त्रको रणनीतिक क्षेत्रहरूमा लक्षित गरिएको र नयाँ प्रतिबन्धले रुसको वित्त तथा प्रविधिको क्षेत्रको क्षमता र पहुँच खुम्चाउने लक्ष्य लिएको छ।

अमेरिकासँगै अमेरिकी साझेदार देशहरू र नेटो आबद्ध देशहरू बेलायत, युरोपेली संघ, क्यानाडा, जापान, कोरिया लगायत देशहरूले समेत रुसमाथि थप प्रतिबन्धहरू लगाएका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ११ : ५५ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन