एमसीसीविरुद्ध साना दल प्रदर्शनमा, माइतीघरदेखी कोटेश्वरसम्म विरोधका कार्यक्रम  « Khabarhub

एमसीसीविरुद्ध साना दल प्रदर्शनमा, माइतीघरदेखी कोटेश्वरसम्म विरोधका कार्यक्रम 


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विभिन्न साना राजनीति दलहरूले अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध आज पनि प्रदर्शन गर्दै छन् ।

प्रमुख दलले प्रतिनिधिसभा बैठकबाट एमसीसी अनुमोदन गर्ने तयारी गरेपछि साना दलहरूले विरोधका कार्यक्रमलाई चर्काएका हुन् ।

उनीहरूले  विरोध कार्यक्रम माइतीघर देखी कोटेश्वरसम्म राखेका छन्। ठाउँको अभाव हुँदा एउटै स्थानमा पार्टीका कार्यक्रम जुधेका छन्।

एमसीसीविरुद्ध प्रदर्शनको आयोजना गर्नेमा सत्तारुढ दल पनि छन् । प्रदर्शनकारीहरूले आज बानेश्वरस्थित संसद् भवनलाई घेर्ने तयारी गरेका छन् ।

नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपालका लागि नेपाली पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी विरोधमा उत्रिएका छन् । यसैगरी नेकपा (माले), एमसीसी खारेज अभियान नेपाल लगायतका राजनीतिक दल तथा अभियानहरू विरोधमा छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १२ : १० बजे

रहिनन् भारतीय गायिका आशा भोसले

काठमाडौं – वरिष्ठ भारतीय गायिका आशा भोसलेको निधन भएको छ

‘राम नाम सत्य’को कमजोर ओपनिङ, आयुषले गर्न पाउलान् त सिक्वेल ?

काठमाडौं – मल्टिस्टारर एक्सन फिल्म ‘राम नाम सत्य’को ओपनिङ कमजोर

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं– वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास

एम्पुटी रनवे नेपाल २०२६ सम्पन्न (तस्बिरहरू) 

काठमाडौं– निर्मला फाउन्डेसनको आयोजनामा ‘एम्पुटी रनवे नेपाल २०२६’ सम्पन्न भएको

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

ह्युस्टन– मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर