सिप सिकेर स्वरोजगार बन्दै जुम्लाका महिला « Khabarhub

सिप सिकेर स्वरोजगार बन्दै जुम्लाका महिला


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाका महिला सिप सिकेर स्वरोजगार बन्न थालेका छन् । चन्दननाथ नगरपालिकाभित्रका महिला सिप सिकेर स्वरोजगार बन्न थालेका हुन् ।

आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिप सिक्न थालेको चन्दननाथ नगरपालिका ६ की संगीता रावलले बताइन् । उनले भनिन्, ‘सीप सिक्छौँ । आत्मनिर्भर बन्छौँ । आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ ।’

सामाजिक विकास कार्यालय जुम्लाले बेरोजगार महिलालाई स्वरोजगार सिर्जना गर्नका लागि एक महिने हाते होजियारी सिप सिक्ने व्यवस्था गरेको थियो ।
उनीहरुले टोपी र मोजा बुन्न सिकेका हुन् । अब घरमै बसेर टोपी र मोजा बुनेर नजिकैको बजारसम्म लैजाने तयारी उनीहरुले गरेका छन् । ‘यो सिपले हाम्रो जीवनस्तरमा सुधार ल्याउने आशा गरेका छौँ’, चन्दननाथ ४ की अमृता भारतीले थपिन, ‘सानो लगानीमा पनि व्यवसाय गर्न सकिने भएकाले आर्थिक अवस्थामा सहयोग पुग्ने आशा गरेका हौँ ।’

यसअघि चुलोचौको र पानीपँधेरामा सीमित हुने महिलाले सिप सिकेर आयआर्जन गरेर आत्मनिर्भरको बाटो रोजेका छन् ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले सिप व्यावसायिक रुपले अगाडि बढाउन आग्रह गरे । सिकेको सीप निस्वार्थ हुने भएकोले बजारमा पाइने रेडिमेटभन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुने बताए ।

‘सीप देखाएर उत्पादन गरे बजारको चिन्ता मान्नु पदैन, उनले भने, ‘घरमै किन्न आउने वातावरण बन्छ । यो वातावरण बनाउनको लागि तयार हुनु अहिलेको आवश्यकता हो ।’

सामाजिक विकास कार्यलय जुम्लाका प्रमुख तुलाराज चौलागाईंले विपन्न तथा आर्थिक रुपमा पछि परेका महिलाहरुको आयआर्जनमा सुधार ल्याउने हिसावले सिप प्रदान गरिएको बताए ।

प्रशिक्षक सरस्वती भारतीले एक महिनासम्म महिलालाई ऊनको धागोबाट टोपी र मोजा बुन्न सिकाइएको बताइन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १ : १४ बजे

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद

बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण

गोली हानेर लागुऔषध कारोबारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानेर

बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो

बैतडी – बैतडीको गैराखानमा भएको बस दुर्घटनामा परी घाइते हुनेको

सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले

काठमाडौं – नेकपा (एमाले)ले वर्तमान सरकार मुलुकको आर्थिक सङ्कट समाधान