रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन « Khabarhub

रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रिद्धि सिद्धि सिमेन्ट प्राइभेट लिमिटेडका सञ्चालक राजेश खरेलको निधन भएको छ ।

उनको ४५ वर्षको उमेरमा असामयिक निधन भएको हो ।

सिमेन्ट उद्योग क्षेत्रमा उत्कृष्ट सेवा गर्दै आएको खरेलको निधनले समग्र नेपाली सिमेन्ट उद्योगमा नै अतुलनीय क्षति पुगेको कम्पनी, व्यापारी तथा शुभचिन्तकहरूले बताएका छन् ।
छोटो अवधिमै नेपाली उपभोक्ता माझ सफल र विश्वसनीय कम्पनीका रूपमा रिद्धि सिद्धिलाई स्थापित गराउन खरेलको समर्पण र कार्यप्रतिको निष्ठाले उल्लेखनीय भूमिका खेलेको कम्पनीले जनाएको छ ।

२०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धि सिद्धि सिमेन्ट, शंकर गु्रप र अम्बे गु्रपको भेन्चर हो । स्थापनाको ५ वर्ष भित्रै गुणस्तरीय उत्पादन गर्ने कम्पनीका रूपमा रिद्धि सिद्धि स्थापित भइसकेको र यसमा खरेलको महत्वपूर्ण योगदान रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ३ : ५६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल