विकास र राजनीतिलाई सँगै लैजानुपर्छ : वरिष्ठ नेता पौडेल | Khabarhub Khabarhub

विकास र राजनीतिलाई सँगै लैजानुपर्छ : वरिष्ठ नेता पौडेल


१३ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगै लैजानुपर्ने बताएका छन् । तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले विकासलाई केवल नारामा सीमित नगरी राजनीतिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

“राजनीति र विकाससँगै लैजान सके मात्र जनताको समस्या समाधान गर्न सकिन्छ, जनताको सेवा गर्नका लागि नै हामीले राजनीति गरेका हौँ ”, पौडेलले भने । उनले जनताको हरेक समस्या समाधानका लागि जनप्रतिनिधि सदैव प्रतिबद्ध हुनुपर्ने बताए। चौतर्फी विकास अहिलेको आवश्यकता रहेको बताउँदै पौडेलले विकासका लागि इच्छाशक्ति र समर्पण आवश्यक रहेको औल्याउनुभयो । “जनप्रतिनिधिमा विकास दृष्टि चाहिन्छ, म पनि पहिल्यैदेखि विकासका लागि परेको छु र सदैव लागिरहनेछु”, उनले भने।

सो अवसरमा वरिष्ठ नेता पौडेलले नेपालको विकासका लागि एमसिसी आवश्यक रहेकाले यसलाई पारित गर्नुपर्ने बताए। एमसिसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसिसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए ।

वरिष्ठ नेता पौडेलले आज नै व्यास नगरपालिकास्थित कालिकामार्गसमेतको अवलोकन गर्नुभएको छ । बुधबार गृहजिल्ला आइपुग्नुभएका वरिष्ठ नेता पौडेलले बिहीबार व्यास नगरपालिका–७ कलेस्ती, गजौडे, वृता, भानुको टुहुरेपसल र रम्घाटार, महन्ते हटिया, देउरालीटारमा कार्यकर्ता भेटघाट गरेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  ७ : २० बजे

कोप–२८ मा भाग लिएर प्रधानमन्त्री दाहाल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईमा भएको विश्व जलवायु शिखर

इटालियन सिरी ए : फ्रोसिनोनमाथि एसी मिलानको जित

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा एसी मिलानले सानदार जित निकालेको

पर्यटकको संख्या बढ्यो, अन्तर्राष्ट्रिय ‘प्रोमोसन’ घट्यो

काठमाडौँ – अक्टोबर महिनामा मात्रै नेपालमा हवाईजहाजबाट आउने पर्यटकको संख्या

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

मनिला– फिलिपिन्सको पूर्वी क्षेत्र मिन्डानाओ टापुमा शक्तिशाली भूकम्प गएको छ

स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको