कान्तिपुर डेन्टलका नक्कली चिकित्सक दुई वर्षपछि पक्राउ « Khabarhub

कान्तिपुर डेन्टलका नक्कली चिकित्सक दुई वर्षपछि पक्राउ


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टलका सञ्चालक दिलीप भनिने संजयकुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

उपचार सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत महोत्तरीले पक्राउ पुर्जी जारी गरेपछि २ वर्षदेखि फरार रहेका महतो बिहीबार पक्राउ परेका हुन् ।

कान्तिपुर डेन्टलका सञ्चालक रहेका महतोले मिथिला नगरपालिका बस्ने रानी सिंह महतोको दाँतको उपचारमा संलग्न हुँदा मृत्यु भएको आरोप छ ।

चिकित्सक ज्ञान तथा प्रमाणपत्रबिना नै रानी सिंहको दाँत उखेल्दा मृत्यु भएको भन्दै मृतकका आफन्तले २०७६ मा नै महतोविरुद्ध जाहेरी दिएका थिए ।

चिकित्सा सम्बन्धी कुनै ज्ञानविना नै रानी सिंहको ८ चैत २०७६ मा ६ वटा दाँत उखलेको पीडितको आरोप छ । दाँत उखेलिसकेपछि अत्यधिक रक्तस्राव हुँदा रानी सिंहलाई जनकपुर लगिएको थियो ।  प्रादेशिक अस्पताल जनकपुरमा अत्यधिक रक्तस्रावकै कारण सिंहको मृत्यु भएको चिकित्सकहरूले घोषणा गरेका थिए ।

अनुसन्धानका लागि प्रहरीले बुझ्न खोज्दा आरोपित महतो उपस्थित नभएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । फरार सूचीमा रहेका महतोलाई इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ६ : ५५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित