बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँचदिने अल्टिमेटम | Khabarhub Khabarhub

बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँचदिने अल्टिमेटम


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँचदिने अल्टिमेटम दिएको छ । विभागले पाँच दिनभित्र रु ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बक्यौता रकम असुल गराउनका लागि अल्टिमेटम दिन बुधबार मन्त्रिस्तरीय निर्णय गराएसँगै तीन क्यासिनो कम्पनीलाई अल्टिमेटम दिइएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले बताए।

उनले भने, ‘मन्त्रीज्यूले मन्त्रिस्तरीय निर्णय गरी बक्यौता बुझाउनका लागि अल्टिमेटम दिन निर्णय गर्नुभएको छ, हामीले रकम बुझाउन पाँच दिनको सूचना प्रकाशन गरेका छौँ, नबुझाए कारबाही हुन्छ ।’

विभागले एक सार्वजनिक गरेको सूचनामा रक इन्टरनेशनल प्रालि काठमाडौँको रु ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौँको रु ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्‍याडिसन होटल) लाजिम्पाटको नाममा रु ३० करोड बक्यौता रहेको जनाएको छ ।

ती कम्पनीले पाँच दिनभित्रमा बक्यौता रकम नबुझाए कानुनी कारबाही हुने विभागले जनाएको छ । आर्थिक वर्ष २०७६-७७ सम्मको नियमित रोयल्टी र नवीकरण रु ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको छ । हालसम्म १७ कम्पनीले रोयल्टी बुझाई सरकारको खातामा रु ८७ करोड राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ११ : ३० बजे

‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं – प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र झरी पछिको

कोलकत्ता बन्दरगाहबाट १५ लाख बोरा रासायनिक मल नेपाल भित्रियो

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कोलकत्ता बन्दरगाहमा १५ लाख २३

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

म्याग्दी– म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल

संखुवासभाको सभापोखरीका चारसय घरमा खानेपानीको पहुँच

सङ्खुवासभा– सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ र २ वडाका ४०० घरधुरीमा ‘एक

माग्ने बूढा र विजयको क्ल्यास, पल फ्लपको ह्याट्रिकबाट बच्ने संकेत

हेडलाइन…पूर्णबहादुरको सारङ्गीपछि पनि सहायक भूमिकामा देखिँदै नायक विजय बरालदर्शकको प्रतीक्षा