‘रणनीतिक’ क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको पुष्टि « Khabarhub

‘रणनीतिक’ क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको पुष्टि


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले ह्वासोङ्– १७ नामक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको जनाएको हो ।

यसअघि बिहीबार दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षण गरेको दाबी गरेको थियो । जापानी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक घण्टाको उडान भरेको उक्त क्षेप्यास्त्र ६ हजार किलोमिटरको उचाइमा पुगेको थियो ।

यस्तै, ११ सय किलोमिटरको दूरी पार गरी यस क्षेप्यास्त्र जापानी जलक्षेत्रमा पुगेर खसेको थियो । विशेषज्ञहरुका अनुसार पछिल्लो पटक परीक्षण गरिएको क्षेप्यास्त्रले १३ हजार किलोमिटर टाढासम्म मार हान्ने साम्मर्थ्य राख्छ ।

यही दाबीलाई पुष्टि गर्दै केसीएनएले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको प्रत्यक्ष निर्देशनमा क्षेप्यास्त्र परीक्षण गरिएको जनाएको छ । केसीएनएले आणविक युद्ध रोक्नका लागि यो क्षेप्यास्त्रले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेको छ ।

‘प्रजग कोरियाको नयाँ रणनीतिक हतियारले विश्वलाई नै हाम्रो रणनीतिक सैन्य बलको शक्तिबारे फेरि एक पटक अवगत गराएको छ ।’ सर्वोच्च नेता किमलाई उद्धृत गर्दै केसीएनएले जनाएको छ । उत्तर कोरियाले आफूलाई प्रजातान्त्रिक जनगणतन्त्र कोरिया भन्ने गरेको छ ।

उत्तर कोरियाले परीक्षण गरेको ह्वासोङ– १७ क्षेप्यास्त्र पहिलो पटक सन् २०२० मा उत्तर कोरियाली सैनिक परेडमा सार्वजनिक गरिएको थियो । यो क्षेप्यास्त्र यसअघि सन् २०१७ मा उत्तर कोरियाले परीक्षण गरेका ह्वासोङ १५ र ह्वासोङ १४ भन्दा शक्तिशाली रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  २ : ०३ बजे

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७