ट्रम्पद्वारा क्लिन्टन र ‘डिप स्टेट’ विरुद्ध मुद्दा दायर « Khabarhub

ट्रम्पद्वारा क्लिन्टन र ‘डिप स्टेट’ विरुद्ध मुद्दा दायर


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टन, डेमोक्र्याटिक पार्टीको राष्ट्रिय समिति र अरु २६ जनाविरुद्ध मुद्दा दायर गरेका छन् । सन् २०१६ मा आफ्नो चुनावी अभियानविरुद्ध षड्यन्त्र गरेको दाबी गर्दै ट्रम्पले मुद्दा दायर गरेका हुन् ।

रुसले आफूलाई सहयोग गरेको भन्दै अमेरिकाको ‘डिप स्टेट’ (प्रत्यक्ष नदेखिने तर देशभित्रको गोप्य भित्री संयन्त्रमा रहेको) ले झूठो आरोप लगाएर षड्यन्त्र रचिएको उनको दाबी छ । उनले मुद्दा दायर गरेका व्यक्तिहरुमा पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन र उनका साझेदारहरु, अमेरिकी संघीय जाँचबुझ ब्यूरो एफबीआईका पूर्व निर्देशक जेम्स कोमी, अवकाशप्राप्त बेलायती जासुस क्रिष्टोफर स्टिल र उनका सहयोगीहरु छन् ।

१०८ पृष्ठ लामो मुद्दामा उनले २ करोड ४० लाख डलर क्षतिपुर्ति मागिएको छ । मुद्दामा डेमोक्र्याटहरुले रुसले आफ्नो निर्वाचन अभियानमा सहयोग गरेको प्रमाण जुटाउन वकिलहरु नियुक्त गरेको र मिडियामा यसबारे झूठो प्रचार गरेको दाबी गरिएको छ ।

सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रुससँग साँठगाँठ गरेको भन्दै उनी राष्ट्रपति भएकै बेला अनुसन्धान भएको थियो । अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता रोबर्ट मुलरले गरेको अनुसन्धानमा ट्रम्प–रुस साँठगाँठबारे यथेष्ट प्रमाण नजुटेपछि उनी जोगिएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ६ : ५२ बजे

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल