ट्रम्पद्वारा क्लिन्टन र ‘डिप स्टेट’ विरुद्ध मुद्दा दायर « Khabarhub

ट्रम्पद्वारा क्लिन्टन र ‘डिप स्टेट’ विरुद्ध मुद्दा दायर


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टन, डेमोक्र्याटिक पार्टीको राष्ट्रिय समिति र अरु २६ जनाविरुद्ध मुद्दा दायर गरेका छन् । सन् २०१६ मा आफ्नो चुनावी अभियानविरुद्ध षड्यन्त्र गरेको दाबी गर्दै ट्रम्पले मुद्दा दायर गरेका हुन् ।

रुसले आफूलाई सहयोग गरेको भन्दै अमेरिकाको ‘डिप स्टेट’ (प्रत्यक्ष नदेखिने तर देशभित्रको गोप्य भित्री संयन्त्रमा रहेको) ले झूठो आरोप लगाएर षड्यन्त्र रचिएको उनको दाबी छ । उनले मुद्दा दायर गरेका व्यक्तिहरुमा पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन र उनका साझेदारहरु, अमेरिकी संघीय जाँचबुझ ब्यूरो एफबीआईका पूर्व निर्देशक जेम्स कोमी, अवकाशप्राप्त बेलायती जासुस क्रिष्टोफर स्टिल र उनका सहयोगीहरु छन् ।

१०८ पृष्ठ लामो मुद्दामा उनले २ करोड ४० लाख डलर क्षतिपुर्ति मागिएको छ । मुद्दामा डेमोक्र्याटहरुले रुसले आफ्नो निर्वाचन अभियानमा सहयोग गरेको प्रमाण जुटाउन वकिलहरु नियुक्त गरेको र मिडियामा यसबारे झूठो प्रचार गरेको दाबी गरिएको छ ।

सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रुससँग साँठगाँठ गरेको भन्दै उनी राष्ट्रपति भएकै बेला अनुसन्धान भएको थियो । अमेरिकी न्याय मन्त्रालयका विशेष अभियोजनकर्ता रोबर्ट मुलरले गरेको अनुसन्धानमा ट्रम्प–रुस साँठगाँठबारे यथेष्ट प्रमाण नजुटेपछि उनी जोगिएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ६ : ५२ बजे

सम्भावित अर्नव चक्रवात : यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावलाई

एनपीएल तेस्रो संस्करण : सुदूरपश्चिमका ३० खेलाडी मैदानमा

महेन्द्रनगर– काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम

८७ रन बनाएका विराटनगरका लोकेश पभेलियन फिर्ता

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

दाङमा तिहारका लागि फूल तयार, २५ लाखको कारोबार हुने आँकलन

घोराही– तिहार नजिकिएसँगै दाङमा सयपत्री फूल ढकमक्क फुलेका छन् ।

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,