हरितारा सम्मान तथा पुरस्कार घोषणा | Khabarhub Khabarhub

हरितारा सम्मान तथा पुरस्कार घोषणा


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री मिथिला शर्मालाई हरितारा चलचित्र पुरस्कार प्रदान गरिने भएको छ ।

संस्थाका संरक्षक मनोज शम्सेर जबराको अध्यक्षतामा वैशाख ९ गते बसेको बैठकले २०७७ सालको हरितारा चलचित्र पुरस्कार मिथिला शर्मालाई अर्पण गर्ने निर्णय गरेको हो ।

४ दशकभन्दा बढी समय देखि नेपाली फिल्मको क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च एवं नेपालको गौरव देश विदेशमा पुर्‍याउन महत्वपूर्ण योगदान गरेकाले अभिनेत्री शर्मालाई सम्मान अर्पण गर्न लागिएको संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सोही बैठकले २०७८ सालको हरितारा चलचित्र पुरस्कार रंग पत्रकार विदुर गिरीलाई दिने पनि निर्णय गरेको छ ।

३ दशकभन्दा बढी समयदेखि पत्रकारिताको माध्यमबाट नेपाली कला संस्कृति, फिल्म क्षेत्रको प्रवर्द्धन र पेशाकर्मीको उत्थानका लागि देश विदेशमा पुर्‍याएको योगदानका लागि पत्रकार गिरीलाई पुरस्कार दिन लागिएको संस्थाले जनाएको छ ।

पुरस्कारको राशि जनही पच्चिस–पच्चिस हजार रहेको छ । यस्तै, विक्रम संवत २०७७ र २०७८ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अभिनेता विनोद श्रेष्ठ र वरिष्ठ प्राविधिक मनोज के.सी.लाई अर्पण गर्ने निर्णय गरिएको छ । श्री दुर्गा देवी पुण्य निरौला स्मृति पुरस्कारको राशि जनही दश दश हजार रहेको छ ।

परिवर्तन नेपालको सोही बैठकले फिल्म क्षेत्रमा विशेष योगदान पुर्‍याएका निर्देशक मदन घिमिरे, निर्माता/निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, लेखक/ निर्माता मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाहलाई परिवर्तन नेपाल विशेष सम्मान अर्पण गर्ने र प्रारम्भका दिनमा परिवर्तन नेपालसँग आबद्ध भई आ–आफ्नो क्षेत्रमा योगदान पुर्‍याएका चरित्र अभिनेत्री शारदा गिरी ‘काली बुढी’,निर्देशक जनक खकुरेल, मोडल दिपाशा वि.सी., खेलाडी/कलाकार नन्दा बस्याल, रंगकर्मी मन्जु निरौला, रंगकर्मी रजनी अर्याल, रंगकर्मी रेणु पौडेललाई परिवर्तन सम्मान अर्पण गर्ने निर्णय गरेको जनाएको छ ।

यस्तै, गीतकार/लेखक/निर्देशक तथा संस्कृतिविद स्वः चेतन कार्कीको स्मृतिमा पुरस्कार स्थापना गर्ने निर्णय समेत संस्थाले गरेको छ । स्थापना वर्षको पुरस्कार लेखक निर्देशक अभिनेता देशभक्त खनाललाई अर्पण गर्ने निर्णय गरेको छ ।

सोही बैठकले परिवर्तन पत्रकारिता विशेष सम्मान चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलालाई अर्पण गर्ने निर्णय गरेको छ । पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ र संचारकर्मी/गीतकार शान्तिप्रिय रहेको समितिले गरेको हो ।

तीनवटै पुरस्कार र सम्मान जेष्ठको दोश्रो हप्ता एउटा विशेष समारोहको आयोजना गरी अर्पण गरिनेछ । विक्रम संवत २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले आफू र आफ्ना पति हरि शम्सेरको नाममा अक्षय कोष राखी स्थापना गरेको हरितारा चलचित्र पुरस्कार चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : १३ बजे

एम्बाप्पेको फुटबल करिअरमै धक्का दिँदैछन् लामिन यामाल

काठमाडौं- स्पेनी युवा स्टार लामिन यामालको उदयले फ्रान्सेली कप्तान किलियन

हिमालको कथा बोकेको संग्रहालय : हर्जोगको आइस एक्स र सालिकको यात्रा

पोखरा– अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले फेरि एक ऐतिहासिक अध्यायलाई आफ्नो भित्तामा समेटेको

भेरी नदीमा बेपत्ता दुई जनाको शव फेला, एक बेपत्ता

काँक्रेविहार– जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा

नेतामाथि धमाधम मुद्दा : ओलीको पूर्वाग्रह कि सुशासनको प्रयास

काठमाडौं– सङ्घीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा

सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह : पूर्वराष्ट्रपति भण्डारी

मोरङ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताको कठोर सङ्घर्षबाट स्थापित सङ्घीय