आईपीएलः मुम्बई आठ खेलमा अंक बिहीन | Khabarhub Khabarhub

आईपीएलः मुम्बई आठ खेलमा अंक बिहीन


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले आठ खेल खेल्दा खाता खोल्न सकेको छैन।

आइतबारको खेलमा मुम्मबई लखनउ सुपर जाइन्ट्ससँगको खेलमा पराजित भएको हो। गएराति लखनउनले मुम्बईलाई ३६ रनले पराजित गरेको हो।

लखनउले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र जोड्न सक्यो।

मुम्बईका लागि कप्तान रोहित शर्मा ३९, तिलक वर्माले ३८ रन जोडे भने केइरन पोलार्डले १९ रन बनाए।

लखनउका कुर्नाल पान्डयले ३ तथा जासन होल्डर, आयुस बाडोनी, रबि बोस्नाई र मोशिन खानले एकएक विकेट लिए।

पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो। लखनउका कप्तान केएल राहुलले अविजित १ सय ३ रनको आकर्षक शतकीय इनिङ खेले।

मुम्बईका केइरन पोलार्ड र रिले मेरेडिथले दुईदुई विकेट लिए। आईपीएलको नवप्रवेशी टोली लखनउले ८ खेलमा १० अंक बनाएको छ। अंक जोड्न नसकेको मुम्बई तालिकाको अन्तिममा छ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : ५२ बजे

ध्रुवे हात्तीलाई रेडियोकलर जडान गरिँदै

चितवन- चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान

अमेरिकामा भएको गोली आक्रमणमा परी ३ जनाको मृत्यु

वाशिङ्टन- अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा सहरमा शनिबार साँझ भएको गोलीकाण्डमा

सरकारले विकासमा ध्यान दिन सकेन : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासका

मादल बनाउन छालाको अभाव

स्याङ्जा- मादल बनाउनका लागि अत्यावश्यक पर्ने छालाको अभाव हुँदै जाँदा

डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

रारा- नेपालको सबैभन्दा ठूलो र गहिरो रारा तालमा पर्यटक जोखिमपूर्ण