आईपीएलः मुम्बई आठ खेलमा अंक बिहीन « Khabarhub

आईपीएलः मुम्बई आठ खेलमा अंक बिहीन


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले आठ खेल खेल्दा खाता खोल्न सकेको छैन।

आइतबारको खेलमा मुम्मबई लखनउ सुपर जाइन्ट्ससँगको खेलमा पराजित भएको हो। गएराति लखनउनले मुम्बईलाई ३६ रनले पराजित गरेको हो।

लखनउले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र जोड्न सक्यो।

मुम्बईका लागि कप्तान रोहित शर्मा ३९, तिलक वर्माले ३८ रन जोडे भने केइरन पोलार्डले १९ रन बनाए।

लखनउका कुर्नाल पान्डयले ३ तथा जासन होल्डर, आयुस बाडोनी, रबि बोस्नाई र मोशिन खानले एकएक विकेट लिए।

पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो। लखनउका कप्तान केएल राहुलले अविजित १ सय ३ रनको आकर्षक शतकीय इनिङ खेले।

मुम्बईका केइरन पोलार्ड र रिले मेरेडिथले दुईदुई विकेट लिए। आईपीएलको नवप्रवेशी टोली लखनउले ८ खेलमा १० अंक बनाएको छ। अंक जोड्न नसकेको मुम्बई तालिकाको अन्तिममा छ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : ५२ बजे

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला