मनोनयन दर्ताको अन्तिम दिन आज   « Khabarhub

स्थानीय तह निर्वाचन :

मनोनयन दर्ताको अन्तिम दिन आज  


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि आज सोमबार पनि मनोनयन दर्ता हुँदैछ । आइतबार मनोनयन दर्ता सुरु भए पनि न्यून मात्रामा उम्मेदवारी परेको छ ।

साना दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराए पनि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले धेरैजसो ठाउँमा आज मनोनयन दर्ता गराउँदैछन् ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन दर्ता हुने भए पनि आइतबार १० हजार ५ सय २३ जनाको मात्र उम्मेदवारी परेको छ । बिहान १० देखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

मनोनयन दर्ता भएका उम्मेदवारको सूची आजै साँझ प्रकाशन गरिनेछ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले मनोनयन सकिएपछि सोमबार नै उम्मेदवारहरूको सूची प्रकाशन गरिने बताए । सूची प्रकाशनपछि भने १३ वैशाखमा उम्मेदवारविरुद्ध दाबी–विरोध गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

१४ र १५ वैशाखमा मनोनयन पत्र जाँच गर्ने र परेका उजुरीको जाँच बुझ गरी निर्णय गर्ने, १५ गते नै उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने, १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

निर्वाचन आयोगका अनुसार १७ वैशाखमा उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ०५ बजे

नदीमा डुबेर एक बालकको मृत्यु

घोराही (दाङ)- राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको

महिला यु–१९ टोलीको घोषणा

काठमाडौँ- भारतसँगको यु–१९ महिला टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको

जनकपुरविरुद्ध टस जितेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको एकमात्र खेलमा जनकपुर

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

बागलुङ- दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनैतिक

विश्रान्ति वृद्धाश्रममा देउसीभैलोको रौनकः ज्येष्ठ नागरिकको मुहारमा खुसी

धनकुटा- छेउमै निरन्तर सुसाइरहने तमोर नदी । नजिकै छ विश्रान्ति