आज र भोलि यी क्षेत्रमा वर्षाको सम्भावना « Khabarhub

आज र भोलि यी क्षेत्रमा वर्षाको सम्भावना


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहाडी भूभागमा स्थानीय वायुको प्रभाव सामान्य परेको छ । बिहान प्रदेश १ मा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ ।

मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

बागमती र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रहने ठानिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : २३ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको