एमालेले पोखरामा बदल्यो मेयरका उम्मेदवार « Khabarhub

एमालेले पोखरामा बदल्यो मेयरका उम्मेदवार


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण पोखराको मेयर बदलीएको हो।

गुरुङ प्यानलबाट शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो ।

अन्ततः उनको टिकट फिर्ता लिएर खगराज प्यानलका थापालाई टिकट दिइएको हो । उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेदवार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताए पनि अहिले मौन छिन् ।

थापा र गुरुङ दुवै जना केन्द्रीय सदस्य हुन् । थापालाई रोक्न पृथ्वी सुब्बाले प्रदेश सरकार आफ्नो बन्ने र त्यहाँ मत नपुग्ने कार्ड फालेका थिए । तर उनको कार्ड सफल हुन सकेन । अन्ततः थापालाई टिकट दिइएको छ । थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका व्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ४९ बजे

कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको निवास महाराजगञ्जमा भेटेपछि नेता

अनेरास्ववियूले गठन गर्‍यो ‘अखिल जेन-जी फोर्स’

काठमाडौं – अनेरास्ववियूले काठमाडौंस्थित शंकरदेव क्याम्पसमा विशेष भेला आयोजना गरी

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका

कांग्रेस विशेष महाधिवेशनमा समूहको सुझाव : पार्टी रुपान्तरण गर्न वर्तमान कार्यसमिति भंग गरौँ

काठमाडौं- महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा

गगन सभापति बन्ने सम्भावना बढ्यो : विश्लेषक इन्द्रा अधिकारी

काठमाडौं–  राजनीतिक विश्लेषक इन्द्रा अधिकारीले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन