काठमाडौँ – सानैमा पढ्दा धेरैको सपना डाक्टर बन्ने हुन्छ । राम्रो पढ्ने विद्यार्थीलाई झन् डाक्टर बन्नुपर्ने दबाब पनि । घर तथा परिवारमा पनि डाक्टर पढ्न उत्साहित पार्ने जमात पनि हुन्छ । पढाईमा अब्बल विद्यार्थी डाक्टर बन्दा आफ्नो मात्रै होइन, धेरैको आवश्यकता र दक्ष जनशक्तिका रुपमा देशको पनि गौरव बढ्छ। त्यसमध्येकै एक हुन्, डाक्टर सुमी मुनन्कर्मी मैनाली । जसको डाक्टर बन्ने सपना, संघर्ष र वास्तविक डाक्टर बनेपछिको अनुभव उनकै शब्दमाः
जहाँ इच्छा त्यही उपाय भनेजस्तै, स्कुलदेखिनै इच्छा थियो । त्यही अनुसारको स्कुलको शिक्षा भयो । त्यसपछि प्लस टु गर्दै एमबीबीएसको पढाइ नाइन्डिक मेडिकल युनिर्भसिटी चीनबाट स्कलरसीपमा गरे ।
पाँच वर्षको पढाइ पुरा गरेपछि मेडिकल अफिसर भएर पाटन हस्पिटलमा साढे दुई वर्ष बिताएँ । त्यँहादेखि गाइनोक्लोजिष्ट बन्ने इच्छा थियो । त्यहीअनुसार मास्टरको पढाइ न्याम्स अर्थात वीर अस्पतालबाट एमडीको पढाइ पुरा गरेको हुँ । त्यसपछि नै एउटा प्रसुति रोग विशेषज्ञकारूपमा चिनिएको हो ।
पाटन अस्पतालमा साढे दुई वर्ष काम
एमबीबीएसको पढाइ सन् २००५ देखि २०१० सम्म गरेँ । एक वर्ष इन्टनसिप गरेँ र २०१२ देखि पाटन हस्पिटलमा काम गरेँ । परिवारमा कोही पनि डक्टर क्षेत्रमा हुनुहुन्न । राम्रो पढ्ने भनेर चिनिन्थेँ । त्यति बेला राम्रो पढ्ने मान्छे डाक्टर अथवा इन्जिनियर बन्नु पर्छ भनिन्थ्यो । त्यही भएर पनि होला म यो क्षेत्रमा लागेँ ।
सुरुवातमा काम गर्दाको अनुभव
डाक्टरको लाईसेन्स लिइसकेपछि हरेक बिरामीसँग नजिक हुदै गएँ । त्यसैले गर्दा थपकाम गर्न हौसला मिल्दै गयो । याद छ सुरुमा काम गर्दाखेरी विभिन्न किसिमका बिरामी आउँनुहुन्थ्यो । विशेष गरी हाम्रो नेपालको अवस्थालाई हेर्नु पर्दा जति नै ठूलो संख्या काठमाण्डौमै बसे पनि महिला रोग अलि ध्यान नदिएको हो कि जस्तो लाग्थ्यो । किनकी ५० प्रतिशत भन्दा बढी महिला हुनुहुन्छ । त्यसैले गर्दा यसैको विशेषज्ञ बन्छु भन्ने लागेको हो ।
ग्रामिण भेगबाट आएका बिरामी
उपचार गर्दा हामीले बिरामीको अवस्थालाई बुझ्नु पर्छ । त्यसैले बिरामीको अवस्थालाई बुझेनौं भने जुन तरिकाले उपचार गनुपर्ने हो, त्यो तरिकाले उपचार हुँदैन । त्यसकारण बिरामी जहाँबाट आए पनि मसँग खुलेुर बोलोस् भन्ने लाग्छ । मैले बिरामिसँग कसरी सहज हुने भनेर उपचार गर्छु । मलाई लाग्छ मेरो बिरामीले बझ्नु भएको छ ।
चीन पढेर नेपालमा काम गर्दाको अनुभव
मेडिकल पढाइमा त खासै फरक छैन । तर जुन प्रविधि चाइनामा छ त्यो नेपालमा आउन समय लाग्छ । मैले जुन ठाँउमा काम गरिरहेको छु त्यहाँ हामीले जुन किसिमको सेवा सुविधाको अथवा प्रविधिको प्रयोग गरेका छौँ त्यसकारण हामी पछाडि छैनौँ ।
अहिले म वात्सल्य आईभीएफ सेन्टर नक्सालमा कर्यरत छु । त्यहाँ निःसन्तान भएका दम्पतिहरूलाई सुविधा दिइराखेको छु । नेपाल सरकारको जुन किसिमको कानुन बनेको छ, हामीले त्यही अनुसारले सेवा सुविधा दिइराखेका छौँ ।
नेपालमा बाँझोपनाको समस्या बढ्नुको कारण
बाँझोपनाको समस्या खानपिनको अवस्था जुन किसमको जीवनशैली अहिले हामीले बिताइरहेको छौँ, जीवनको कारणले पनि त्यो समस्या बढिरहेको छ । अहिले आफ्नो करियर बनाउने भन्दै ढिलो विवाह गर्नाले पनि बाँझोपनाको समस्या बढिरहेको छ। अर्कोतिर समस्या बढेको भन्दा पनि पहिचान चाँहि भएको छ । हाम्रो हस्पिटलको डाटालाई हेर्नु पर्दा ५०/५० प्रतिशत बराबर रहेको छ । तर त्यो समस्या पुरुषमा छ भने डाक्टरसम्म पुग्नको लागि केही समय लाग्ने गर्दछ ।
किनभने हामीले पहिले सुनेअनुसार महिलामा मात्र यो समस्या हुन्छ भनि महिलाले आफ्नो समस्या हो कि भनेर समयमा नै चेक गर्न आउनुहुन्छ । तर पुरुषमा चाँहि अलि पछि आउने हुन्छ । नेपालको परिवेसमा पुरुष प्रधान देश भएको कारणले महिलामा मात्र यो समस्या हुन्छ भन्ने सोचाईले गर्दा तीन-चार वटा विवाह गरेपछि मात्र हामी काँहा आउनु हुन्छ । यो एउटा दम्पतिले भोग्नु परेको रोग, समस्या हो ।
हामीले बिरामीकोे अवस्था हेरेर समस्या यस्तो छ, यतिसम्मको जटिलता छ भन्दाखेरी उहाहरूले मनन् गरेर त्यसको ओवर कम गर्नको लागि दुवैजनालाई समय लाग्छ। किनभने आफूमा भएको समस्या थाहा पाएर, मनन् गरेर यसरी आगाडि बढ्छु, र यसको उपचार गर्छु भनेर अगाडि बढ्नको लागि महिला पुरुष दुवैमा समय लाग्छ ।
आइभीएफमा किन जाने त ?
सबैभन्दा पहिला हामीले बिरामीको अवस्थालाई बुझ्नु पर्छ । कतिपय बिरामीहरू डाक्टरकोमा पुग्नुहुन्छ । प्रविधि अभावले अथवा सम्बन्धित डाक्टरसम्म पुग्न नसक्दा समस्याको पहिचान हुँदैन । जति पनि बाँझोपनको समस्या छ हामीले पहिला त समस्याको पहिचान हुनुपर्छ ।
त्यसको लागि डाक्टरमात्र राम्रो भएर हुँदैन । उसको पुरै टिम राम्रो हुनुुपर्छ । त्यसलाई जाँच गर्नु पर्ने हुन्छ त्यसको लागि प्रविधि भएको हाम्रो राम्रो टिम पनि भएको राम्रो संस्था हाम्रो छ ।
आइभीएफमा अहिलेसम्मको उपचार
दिनमा ५० जना भन्दा बढी डाक्टरहरूले बिरामीको उपचार गर्नुहुन्छ । योबाट पनि तपाईहरूले थाहा पाउन सक्नु हुन्छ । आइभीएफ जुन प्रविधि नेपालमा भित्रिएको छ । त्यो प्रविधिको हिसाबले र जुन आइभीएफ नेपालमा हुन्छ र विदेशमा हुने प्राविधिक हिसाबले केही भिन्नता छैन ।
त्यो हिसाबले बाहिरको प्रविधि नेपालमा ल्याउँदा अलिकति महँगो त भैहाल्छ । तर जुन विदेशी प्रविधिद्वारा उपचार पाइराखेका छौं । त्यो हिसाबले बाहिरका उपचारको तुलनामा महँगो होइन । त्यही कारणले गर्दा होला सायद विदेशमा बस्ने धेरै दम्पतिहरू यहाँ आएर उपचार गरेर जानुहुन्छ ।
सुरुवाती अवस्थामा लाग्ने खर्च
सुरुमा पहिचान हुन समय लाग्छ । कतिपय बिरामीहरूमा सामान्य समस्या भए पनि पहिचान नभएको कारण उपचार पइरहनु भएको छैन । त्यहीकारणले कोही बिरामीलाई सामान्य परीक्षण र औषधिको प्रयोगबाट नै उपचार गर्छौ । त्यसमा धेरै खर्च लाग्दैन । तर कुनै कुनै रोगहरू जटिल हुन्छन् पहिचान गर्न धेरै किसिमका जाँचहरू गर्नु पर्ने हुन्छन् ।
त्यसको आधारमा खर्च निर्धारण हुन्छ । उपचारको पद्धतिको हिसाबले महिलाको कुरामा दुई लाखदेखि चार लाखसम्म लाग्छ । यति खर्च गरेर आईभीएफमा गैसकेपछि यसको सफल रेट संस्थाको कुरा गर्नुपर्दा झन्डै ६० देखि ७० प्रतिशत रहेको छ ।
आइभीएफ पहिल्यै नै ध्यान दिनुपर्ने कुरा
यसको रोकथामको लागि सबैभन्दा पहिला विषेश खानपानमा ध्यान दिने, सुरुमा महिनावरी गडबडीलाई सामान्य नठानेर उपचार समयमा नै गरिहाल्ने, त्यसैगरी समयमा नै रोगको पहिचान भयो भनेपछि मँंगो उपचार गर्नु पर्दैन ।
यो समस्या त सबैलाई पर्छ, काठमाण्डौदेखि एकदमै र्दुगम ठाँउ मुगु अपर डोल्पा काठमाडौँबाट नेपालगञ्ज जहाजमा नेपालगञ्जबाट डोल्पाको सदरमुकाम जहाजमा त्यसपछि एक दिन गाडीमा र चार दिन हिँडेपछि अपर डोल्पा पुगिन्छ । त्यति टाँढादेखि बिरामीहरू आईभीएफको लागि काठमाडौं आउनु हुन्छ ।
महिलामा कुनै समस्या आउन नदिन
सबै भन्दा पहिला त एउटा स्वस्थ जीवन बिताउने, खानपान र चिन्तालाई ख्याल गर्ने, अथवा आफूमा केही समस्या छ भने त्यसलाई समयमा नै साधारण हो कि जटिल हो भनि सम्बन्धित डाक्टरसँग परार्मश लिने गर्नुपर्छ ।
नेपालको अवस्थामा महिला रोग विशेषज्ञ बन्न
सहज त छैन । किनभने एउटा महिला भन्ने वित्तिकै प्राकृतिक रुपमा जतिनै महिला पुरुष बराबर भने पनि धेरै फरक छ । त्यसैले घर परिवार सबै मिलाउदा गार्हो हुन्छ । यसमा मेरो परिवरको पुुरा साथ र सहयोगले गर्दा हो किनकि म बिहानको ४ बजे पनि जानु पर्ने हुनसक्छ र रातिको १२ बजे पनि हिड्नु पर्ने हुनसक्छ ।
त्यसैले त्यसमा मेरो परिवारको पुरा साथ छ । मेरो १८ महिनाको छोरी छ । उसले आमा भन्दा पनि जानु पर्ने हुन्छ । आफ्नो काम गर्नुपर्ने हुन्छ । महिनामा धेरै केसहरू आएको हुन्छ । त्यसको लागि राति पनि जानुपर्ने हुन्छ । जुन मेरो कर्तव्य र मानवीय धर्म हो ।