डडेलधुरामा माओवादीले टुंग्यायो उम्मेदवार, को-को भए ? « Khabarhub

डडेलधुरामा माओवादीले टुंग्यायो उम्मेदवार, को-को भए ?


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा – सत्ता गठबन्धन दलबीच सहमति हुन नसकेपछि नेकपा (माओवादी केन्द्र) डडेल्धुराले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ ।

माओवादी केन्द्रले दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटै स्थानीय तह प्रमुख र उपप्रमुखको उम्मेवार टुंग्याएको हो ।

कुन पालिकामा माओवादी केन्द्रको को उम्मेदवार ? 

माओवादीले परशुराम नगरपालिकाको मेयरमा शेरसिंह माल ‘डायमण्ड’ र उपमेयरमा विमला महतालाई उम्मेदवार बनाएको छ ।

माल परशुराम नगरपालिकाका नगर कमिटी अध्यक्ष हुन् । उनी २०७४ सालको स्थानीय तह चुनावमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग पराजित भएका थिए ।

माओवादीले आलिताल गाउँपालिका अध्यक्ष पदका लागि शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी बोहरा रावललाई उम्मेदवार बनाएको छ । भागेश्वर गाउँपालिका अध्यक्षमा विष्णुप्रसाद पाण्डेय र उपाध्यक्षमा गीता भट्टलाई उम्मेदवार बनाइएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी उपाध्यक्ष मानसिंह मालले जानकारी दिए ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाको मेयरमा लक्ष्मण सिंह र उपमेयरमा सशी अवस्थीलाई उम्मेदवार बनाइएको छ । अयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार माओवादीले दोहोर्‍याएको छ ।

माओवादी केन्द्रले अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्यक्षमा कलावती भाडलाई पुनः उम्मेदवार बनाएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा भट्ट र भाड क्रमश: अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।

यसैगरी माओवादीले नवदुर्गा गाउँपलिकाको अध्यक्ष पदका लागि धर्मदेव विक र उपाध्यक्षमा बिष्ना बोहरा तथा गन्यापधुरा गाउँपालिका उपाध्यक्षमा चन्द्रबहादुर मल्ललाई उम्मेदवार बनाएको छ । त्यहाँ अध्यक्षको उम्मेदवार भने माओवादीले टुग्याएको छैन ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १० : ११ बजे

विशेष महाधिवेशन पक्षधरको सभा सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको सभा आज यहाँ

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ। पार्टीको

हङकङमा भीषण आगलागी, १३ जनाको मृत्यु

काठमाडौं- हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण आगलागी

एक एआईजी र दुई डिआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र

प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय तथा विज्ञ समूहको आकार घटाउने