‘हल्कारा’ लाई ह्युस्टन फिल्म फेस्टिभलमा अवार्ड « Khabarhub

‘हल्कारा’ लाई ह्युस्टन फिल्म फेस्टिभलमा अवार्ड


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबार अमेरिकाको टेक्सासमा सम्पन्न वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा नेपाली प्रतिष्पर्धामा रहेको फिल्मले अवार्ड जित्न सफल भएको छ ।

विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ ले फेस्टिभलमा दुईवटा अवार्ड जितेको छ । ५ दिनसम्म अमेरिकाको ह्ययुस्टनमा चलेको फेस्टिभलमा फिल्मले प्लाटिनम रेमी अवार्ड र छायांँकार चिन्तनराज भण्डारीले गोल्ड रेमी अवार्ड जितेको जानकारी निर्माण टिमले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

अकस्मात् आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्ममा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ । गत २० तारिखदेखि २४ तारिखसम्म चलेको फेस्टिभलमा यही फिल्मबाट महेश त्रिपाठी पनि मनोनयनमा थिए ।

वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ । इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यसहित सञ्चालन भएको फेस्टिभलमा यो पटक विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ५१ बजे

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको