‘हल्कारा’ लाई ह्युस्टन फिल्म फेस्टिभलमा अवार्ड « Khabarhub

‘हल्कारा’ लाई ह्युस्टन फिल्म फेस्टिभलमा अवार्ड


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबार अमेरिकाको टेक्सासमा सम्पन्न वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभलमा नेपाली प्रतिष्पर्धामा रहेको फिल्मले अवार्ड जित्न सफल भएको छ ।

विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ ले फेस्टिभलमा दुईवटा अवार्ड जितेको छ । ५ दिनसम्म अमेरिकाको ह्ययुस्टनमा चलेको फेस्टिभलमा फिल्मले प्लाटिनम रेमी अवार्ड र छायांँकार चिन्तनराज भण्डारीले गोल्ड रेमी अवार्ड जितेको जानकारी निर्माण टिमले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

अकस्मात् आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्ममा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ । गत २० तारिखदेखि २४ तारिखसम्म चलेको फेस्टिभलमा यही फिल्मबाट महेश त्रिपाठी पनि मनोनयनमा थिए ।

वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ । इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यसहित सञ्चालन भएको फेस्टिभलमा यो पटक विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १ : ५१ बजे

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार