विश्वमा सैन्य खर्च बढ्यो, यी हुन् बढी खर्च गर्ने पाँच देश « Khabarhub

विश्वमा सैन्य खर्च बढ्यो, यी हुन् बढी खर्च गर्ने पाँच देश


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वर्ष विश्वको सैन्य खर्च २१ खर्ब १३ अर्ब डलर पुगेको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) नामक थिंक ट्यांकले यस्तो जानकारी दिएको हो । 

अमेरिका, चीन, भारत, बेलायत र रुस गत वर्ष सबैभन्दा बढी खर्च गर्ने पाँच देश हुन् । सिप्रीका अनुसार कुल सैन्य खर्च ०.७ प्रतिशतले बढेको हो ।

अमेरिका, चीन, भारत, बेलायत र रुसले कूल खर्चको ६२ प्रतिशत हिस्सा ओगटेको सिप्रीलाई उद्धृत गर्दै जर्मन टेलिभिजन च्यानल डीडब्लूको अनलाइन संस्करणले जनाएको छ । 

‘कोभिड–१९ महामारीको समयमा पनि विश्व सैन्य खर्च रेकर्ड तहमा पुगेको छ’ सिप्रीका डा. डिएगो लोपेज दा सिल्भाले भने । 

सन् २०२१ मा अमेरिकी सेनाले ८०१ अर्ब डलर खर्च गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले कम हो । तर, सन् २०१२ र २०२१ बीचमा यसको सैन्य अनुसन्धान र विकास २४ प्रतिशतले बढेको कारण अमेरिकाले ‘भावी पुस्ताको प्रविधि’ मा जोड दिएको छ । 

हाल युक्रेनसँग युद्धरत रुसले गत वर्ष आफ्नो सैन्य खर्च २.९ प्रतिशतले बढाएर ६५.९ अर्ब डलर पुर्‍याएको थियो । सिप्रीले रुसको सैन्य खर्चमा वृद्धि भएको यो लगातार तेस्रो वर्ष भएको जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : २१ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय