ओस्कार थप्पड प्रकरण : विल स्मिथको फिल्म रोकियो  « Khabarhub

ओस्कार थप्पड प्रकरण : विल स्मिथको फिल्म रोकियो 


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कमेडियनलाई ओस्कार समारोहमै थप्पड हानेपछि हलिउड स्टार विल स्मिथको जीवन अहिले ठीकठाक छैन । 

घटनालाई लिएर माफी माग्दै अभिनेता स्मिथले यसैसाता ओस्कार एकेडेमीबाट राजीनामा दिइसकेका छन् । अर्कोतर्फ ओस्कार आयोजकले अभिनेता स्मिथलाई १० वर्षको लागि प्रतिबन्ध लगाइसकेको छ । यद्यपि विवादको असर तत्कालै सकिने छाँटकाँट छैन ।

नेटफ्लिक्सले बनाउन लागेको नयाँ फिल्म  ‘फास्ट एण्ड लुज’ रोकेको केही समयमा अर्को फिल्म ‘ब्राइट’ को सिक्वेल नबनाउने भएको छ । नेटफ्लिक्सले अन्य कारण देखाउँदै हाललाई सिक्वेल नबनाउने जनाएको छ । नेटफ्लिक्सले ओस्कारको घटनासँग फिल्म रोकिनु सम्बन्धित नभएको बताएको छ । यद्यपि ओस्कारको थप्पड प्रकरणले चर्को रूप लिँदै जाँदा स्ट्रिमिङ जायन्टले यस्तो निर्णय लिएको खबरहरू आइरहेका छन् । 

ओस्कार अवार्डको ९४ औँ संस्करण सम्पन्न भइसकेको छ । यद्यपि यस संस्करणमा कसले के अवार्ड पाए भन्दा पनि अभिनेता विल स्मिथले क्रिस रकलाई थप्पड हानेको प्रकरण अहिले चर्चामा छ । क्रिसले अभिनेता विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको मजाक गरेका थिए । त्यसपछि विल आफ्नो सिटबाट उठेर स्टेजमा गएर क्रिसलाई जोडले थप्पड हाने ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : २७ बजे

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर आफू

सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए

काठमाडौं– ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी

गगनलाई इतरको सन्देश, ‘विशेष महाधिवेशन अवैधानिक, देउवाको नेतृत्वमा १५औँ महाधिवेशनमा जाँदैछौँ’

काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष