गठबन्धन सफल हुँदै गएको छ: नेकपा माओवादी केन्द्र | Khabarhub Khabarhub

गठबन्धन सफल हुँदै गएको छ: नेकपा माओवादी केन्द्र


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले विशेष परिस्थितिमा बनेको गठबन्धन सफल हुँदै गएको दाबी गरेको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय तहको निर्वाचनमा तालमेल गर्न गठबन्धन सफल भएको भन्दै केही विषयमा सहमति खोज्ने प्रयास जारी रहने बताएका हुन् ।

उनले वैशाख २९ गतेसम्म मिल्ने ठाउँमा सहमतिको प्रयास जारी राख्ने बताएका छन् ।

महराले बाहिर प्रचार गरिए जस्तो गठबन्धन टुट्ने अवस्था नरहेकोसमेत दाबी गरेका छन् ।

उनले माओवादीले स्थानीय तहबाट नै घोषणा पत्र निकाल्ने जनाए ।

त्यस्तै प्रवक्ता महराले असन्तुष्ट पक्षसँग निरन्तर छलफल हुने पनि बताए । भरतपुर, तुलसीपुरलगायत स्थानमा गठबन्धनको उम्मेद्वारले उत्साहपूर्ण मनोनयन दर्ता गरेको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : ३५ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार