एमालेबाट वीरेन्द्रनगरको प्रमुखमा मोहनमायाको उम्मेदवारी दर्ता | Khabarhub Khabarhub

एमालेबाट वीरेन्द्रनगरको प्रमुखमा मोहनमायाको उम्मेदवारी दर्ता


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्दनगर नगरपालिका प्रमुखमा नेकपा एमालेबाट मोहनमाया ढकालले उम्मेदवारी दर्ता गरेकी छन् ।

सोमबार उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएकी हुन् ।

त्यस्तै एमाले वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुखमा निलकण्ठ खनालले उम्मेदवारी दिएका छन् । उनीहरू एमाले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

ढकाल र खनालको उम्मेदवारी दर्ता गर्न नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेल पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : १६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’