सी डिभिजन लिगमा मनोहरा र स्वयम्भूको बराबरी « Khabarhub

सी डिभिजन लिगमा मनोहरा र स्वयम्भूको बराबरी


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा मनोहरा युनाइटेड क्लब र स्वयम्भू क्लबले बराबरी खेलेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा मनोहरा र स्वयम्भू बीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४८ औँ मिनेटमा अनिश महर्जनको गोलले स्वयम्भूले अग्रता लियो ।

तर, निरन्तर आक्रमण गरेको मनोहरा खेलमा पुनरागमन गर्न सफल भयो । मनोहराका लागि सृजन बलम्पाकी मगरले खेलको ८४ औँ मिनेटमा गोल फर्काए ।

खेलको बाँकी समयमा अर्को गोल हुन सकेन ।

आजै हुने अर्को खेलमा आरसी ३२ फुटबल एकेडेमी र वीरगञ्ज युथ एकेडेमी दिउँसो ४ बजे भिड्नेछन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : २३ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा