सी डिभिजन लिगमा मनोहरा र स्वयम्भूको बराबरी « Khabarhub

सी डिभिजन लिगमा मनोहरा र स्वयम्भूको बराबरी


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा मनोहरा युनाइटेड क्लब र स्वयम्भू क्लबले बराबरी खेलेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा मनोहरा र स्वयम्भू बीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ४८ औँ मिनेटमा अनिश महर्जनको गोलले स्वयम्भूले अग्रता लियो ।

तर, निरन्तर आक्रमण गरेको मनोहरा खेलमा पुनरागमन गर्न सफल भयो । मनोहराका लागि सृजन बलम्पाकी मगरले खेलको ८४ औँ मिनेटमा गोल फर्काए ।

खेलको बाँकी समयमा अर्को गोल हुन सकेन ।

आजै हुने अर्को खेलमा आरसी ३२ फुटबल एकेडेमी र वीरगञ्ज युथ एकेडेमी दिउँसो ४ बजे भिड्नेछन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : २३ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ