नेप्से परिसूचक ३४ अङ्कले घट्यो, दुई अर्बको कारोबार « Khabarhub

नेप्से परिसूचक ३४ अङ्कले घट्यो, दुई अर्बको कारोबार


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको दोस्रो दिन सोमबार नेपाली सेयर बजार नेप्से ३४ दशमलव ९५ अङ्कले घटेर परिसूचक २३ सय ८६ अङ्क बन्द भएको छ । साताको पहिलो दिन आइतबार एकैदिन ९६ अङ्कले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अङ्कको गिरावट आउँदा नेप्सेको सेन्सेटिभ इन्डेक्स ६ अङ्कले घटेको छ । 

सोमबार नेप्सेको सेन्सेटिभ इन्डेक्स ४ सय ५४ अङ्क पुगेर बन्द भएको छ । नेप्सेमा ५० लाख ४७  हजार कित्ता सेयर खरिद बिक्री हुँदा दुई अर्ब  चार करोड २२ लाख  हजार  रुपैयाँको कारोबार भएको छ । 

कारोबार रकम आइतबारभन्दा ५१ करोडले कमी आएको छ । नेप्सेमा सोमबार अधिकांश सेक्टरका सेयरधनीले गुमाएका छन्।

नेप्सेमा १ सय ६३ कम्पनीका सेयरधनीले ठूलो रकम गुमाउँदा जम्मा २७ कम्पनीले सेयरधनीले नाफा कमाएका छन् । सेयर बजारमा लाइफ इन्स्योरेन्सनन् लाइफ इन्स्योरेन्स  सेक्टरका सेयरधनीले सबैभन्दा धेरै १०० अङ्क बढीको गिरावट ब्यहोर्नु परेको छ । 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : ३३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित