नेप्से परिसूचक ३४ अङ्कले घट्यो, दुई अर्बको कारोबार « Khabarhub

नेप्से परिसूचक ३४ अङ्कले घट्यो, दुई अर्बको कारोबार


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको दोस्रो दिन सोमबार नेपाली सेयर बजार नेप्से ३४ दशमलव ९५ अङ्कले घटेर परिसूचक २३ सय ८६ अङ्क बन्द भएको छ । साताको पहिलो दिन आइतबार एकैदिन ९६ अङ्कले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अङ्कको गिरावट आउँदा नेप्सेको सेन्सेटिभ इन्डेक्स ६ अङ्कले घटेको छ । 

सोमबार नेप्सेको सेन्सेटिभ इन्डेक्स ४ सय ५४ अङ्क पुगेर बन्द भएको छ । नेप्सेमा ५० लाख ४७  हजार कित्ता सेयर खरिद बिक्री हुँदा दुई अर्ब  चार करोड २२ लाख  हजार  रुपैयाँको कारोबार भएको छ । 

कारोबार रकम आइतबारभन्दा ५१ करोडले कमी आएको छ । नेप्सेमा सोमबार अधिकांश सेक्टरका सेयरधनीले गुमाएका छन्।

नेप्सेमा १ सय ६३ कम्पनीका सेयरधनीले ठूलो रकम गुमाउँदा जम्मा २७ कम्पनीले सेयरधनीले नाफा कमाएका छन् । सेयर बजारमा लाइफ इन्स्योरेन्स र नन् लाइफ इन्स्योरेन्स  सेक्टरका सेयरधनीले सबैभन्दा धेरै १०० अङ्क बढीको गिरावट ब्यहोर्नु परेको छ । 

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : ३३ बजे

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ