बेइजिङमा कोरोना संक्रमण बढेपछि ३० लाख मानिसको स्वास्थ्य परीक्षण गरिने « Khabarhub

बेइजिङमा कोरोना संक्रमण बढेपछि ३० लाख मानिसको स्वास्थ्य परीक्षण गरिने


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको नयाँ लहर देखिएपछि चीनको राजधानी बेइजिङमा आवासीय एवम् व्यावसायिक क्षेत्र बन्द गरिएको छ ।

२ करोड १० लाख मानिसहरूको बसोबास रहेको शहरमा शुक्रबारयता ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

कोरोना संक्रमण थप फैलिन नपाओस् भन्ने उद्देश्यले सरकारी अधिकारीहरुले दशौं लाख मानिसहरुको परीक्षण समेत थालेको बताइएको छ ।

स्वास्थ्य अधिकारीहरुले शहरको चाओयाङ जिल्लाका ३० लाख भन्दा धेरै मानिसहरुको परीक्षण गरिने जनाएका छन् । उनीहरुको परीक्षण सोमबार, बुधबार र शुक्रबार गरिने जनाइएको छ ।

साङ्घाईमा जस्तै बेइजिङमा पनि कठोर लकडाउन हुने त्रासबीच स्थानीय बासिन्दाहरुले खाना र अन्य अत्यावश्यक वस्तुको जोहो गर्न थालेको एपीले जनाएको छ ।

साङ्घाईमा दुई साता भन्दा धेरै समयदेखि लकडाउन लागू गरिएको छ ।

बेइजिङका किनमेल केन्द्रहरुमा मानिसहरु सामान किन्न लामो लाइनमा बसेको बताइएको छ । यता सरकारी सञ्चारमाध्यमले भने शहरमा अत्यावश्यक वस्तुको कुनै अभाव नरहेको जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : २५ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक