बेइजिङमा कोरोना संक्रमण बढेपछि ३० लाख मानिसको स्वास्थ्य परीक्षण गरिने « Khabarhub

बेइजिङमा कोरोना संक्रमण बढेपछि ३० लाख मानिसको स्वास्थ्य परीक्षण गरिने


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको नयाँ लहर देखिएपछि चीनको राजधानी बेइजिङमा आवासीय एवम् व्यावसायिक क्षेत्र बन्द गरिएको छ ।

२ करोड १० लाख मानिसहरूको बसोबास रहेको शहरमा शुक्रबारयता ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

कोरोना संक्रमण थप फैलिन नपाओस् भन्ने उद्देश्यले सरकारी अधिकारीहरुले दशौं लाख मानिसहरुको परीक्षण समेत थालेको बताइएको छ ।

स्वास्थ्य अधिकारीहरुले शहरको चाओयाङ जिल्लाका ३० लाख भन्दा धेरै मानिसहरुको परीक्षण गरिने जनाएका छन् । उनीहरुको परीक्षण सोमबार, बुधबार र शुक्रबार गरिने जनाइएको छ ।

साङ्घाईमा जस्तै बेइजिङमा पनि कठोर लकडाउन हुने त्रासबीच स्थानीय बासिन्दाहरुले खाना र अन्य अत्यावश्यक वस्तुको जोहो गर्न थालेको एपीले जनाएको छ ।

साङ्घाईमा दुई साता भन्दा धेरै समयदेखि लकडाउन लागू गरिएको छ ।

बेइजिङका किनमेल केन्द्रहरुमा मानिसहरु सामान किन्न लामो लाइनमा बसेको बताइएको छ । यता सरकारी सञ्चारमाध्यमले भने शहरमा अत्यावश्यक वस्तुको कुनै अभाव नरहेको जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : २५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना