रसुवामा गठबन्धन टुट्यो, छुट्टाछुट्टै मनोनयन दर्ता « Khabarhub

रसुवामा गठबन्धन टुट्यो, छुट्टाछुट्टै मनोनयन दर्ता


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवामा सत्तारुढ गठबन्धन आबद्ध दलले छुट्टाछुट्टै उम्मेदवार दर्ता गरेका छन् । साेमबार दिउँसोसम्म पनि सहमतिको प्रयास भएकोमा सहमति नभएपछि सबै दलले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा माओवादी केन्द्रले साेमबार अपरान्ह ४ बजेपछि उम्मेदवारी दर्ता गराएको जनाएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबीच गठबन्धन गरी चुनाव लड्ने तयारी भएको थियो ।

नेकपा माओवादी केन्द्रका संयोजक मेघनाथ घिमिरेले गठबन्धन टुटेसँगै उम्मेदवारी दर्ता गरिएको बताए ।

जिल्लामा अहिले उम्मेदवारी दर्ताको काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय चुनावका लागि रसुवामा १७ दलले भाग लिँदै छन् । पाँचवटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : ३० बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र