मारिउपोलमा रुसको युद्धविराम « Khabarhub

मारिउपोलमा रुसको युद्धविराम


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले युक्रेनको मारिउपोल शहरस्थित एजोभस्तल औद्योगिक क्षेत्रमा एकतर्फी युद्धविराम घोषणा गरेको छ ।

रुसी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार सो क्षेत्रमा फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि युद्धविराम घोषणा गरिएको हो ।

रुसी फौज सो क्षेत्रबाट ‘सुरक्षित दूरीसम्म’ पछि हट्ने रक्षा मन्त्रालयले जनाएको छ ।

केही दिनअघि मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोल शहरमा आफ्नो फौजले विजय हासिल गरेको दाबी गरेका थिए ।

मारिउपोल शहरको अधिकांश क्षेत्रमा नियन्त्रण स्थापित गरेपनि एजोभस्तल औद्योगिक क्षेत्रमा भने युक्रेनी फौजले अझै पनि रुसी आक्रमणको प्रतिकार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मारिउपोलमा विजय भएको दाबी गर्ने क्रममा राष्ट्रपति पुटिनले एजोभस्तल क्षेत्रमा आक्रमण गर्नु अनावश्यक रहेको बताएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ५ : ३४ बजे

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता

भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ

हिमपातले किसान खुसी, जनजीवन भने कष्टकर

मनाङ– हिमाली जिल्ला मनाङमा हिमपात हुने महिना हो पुस र