खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी: ‘खल्ती’ मा बैंक लिंक गर्ने सेवा उपलब्ध | Khabarhub Khabarhub

खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीच साझेदारी: ‘खल्ती’ मा बैंक लिंक गर्ने सेवा उपलब्ध


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खल्ती डिजिटल वालेट र माछापुच्छ्रेबीचको साझेदारी भएसँगै ‘खल्ती’ मा बैंक लिंक गर्ने सेवा उपलब्ध भएको छ।

यो सेवा सुचारु भए लगत्तै  ‘खल्ती’ सँग पहिलो पटक बैंक लिंकको रुपमा माछापुच्छ्रे बैंक लिङ्क गर्ने सबै प्रयोगकर्ताहरुले रु १०० बोनस प्राप्त गर्ने भएका छन्। साथै एक जना प्रयोगकर्ताले  सामसुङ्ग स्मार्टफोन पनि जित्न सक्ने छन्।

दुबै बोनस र स्मार्टफोन आफ्नो माछापुच्छ्रे बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुने बताइएको छ। बैंक लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो के वाई सी भने भेरिफाइ गरेको हुनुपर्ने छ । 

एकपटक प्रयोगकर्ताले बैंकलाई लिङ्क गरेपछि, यस मार्फत वालेट लोड नगरी केही ट्याप मै पानी, इन्टरनेट, बिजुली, सरकारी राजस्व, टिकट बुकिङ र अन्य उपलब्ध सेवाहरू जस्ता बिलहरूको प्रत्यक्ष भुक्तानी गर्न सकिने छ। यस प्रकारका सेवाहरूले समय बचतका साथै भुक्तानी सहज पनि बनाउँछ।

‘खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्काले भने, “खल्ती डिजिटल वालेटका प्रयोगकर्ताहरूले अब आफ्नो खल्ती खातामा बिना पैसा लोड सिधै बैंक खाता मार्फत भुक्तानीको मज्जा लिन सक्नेछन्। यो सुविधा सबै बैंकका ग्राहकहरूलाई उपलब्ध गराउनेको साथै थप सहज रूपमा डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौं।”

भर्खरै स्टार्ट-अप सक्सेस अवार्डबाट मान्यता प्राप्त खल्ती आफ्नो सेवाको ५औँ वर्षमा पुगेको छ। 

यसले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको छ। हाल, यससँग ३० एजेन्ट नेटवर्कको साथमा देशभर २० लाख प्रयोगकर्ताहरू छन्। 

खल्तीबाट प्रयोगकर्ताहरूले आफ्नो फोन र टिभी टप-अप गर्न, इन्टरनेटको बिल, बीमा प्रिमियम, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल, आन्तरिक उडानको टिकट किन्न, चलचित्रको टिकट बुक गर्न सकिने छ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : ३७ बजे

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी