इन्जिनियरिङ् बीमा दरसम्बन्धी निर्देशिका स्थगित हुने « Khabarhub

इन्जिनियरिङ् बीमा दरसम्बन्धी निर्देशिका स्थगित हुने


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इन्जिनियरिङ् बीमा दरसम्बन्धी निर्देशिका- २०७८ हाललाई स्थगन गर्ने बताएका छन् । 

बीमा समितिको आयोजनामा सोमबार काठमाडौँमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लगायत विभिन्न सरोकारवालाहरूसँग भएको इन्जिनियरिङ् बीमा दरसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो जानकारी दिएका हुन् ।

अध्यक्ष सिलवालको सभापतित्व भएको उक्त छलफल कार्यक्रममा बीमा समितिबाट मिति २०७८ साल असोज ६ गते जारी भएको इन्जिनियरिङ् बीमा सम्बन्धी निर्देशिका हाललाई स्थगन गरी यस सम्बन्धमा सुझाव सहितको प्रतिवेदन बुझाउन बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय भएको छ ।

कार्यकारी निर्देशक पौडेल संयोजक रहेको उपसमितिमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान), नेपाल बीमक सङ्घ र पुनर्बीमा कम्पनीका दुई-दुई जना प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल हेभिइक्युपमेन्ट व्यवसायी महासङ्घ, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, सर्भेयर एसोसिएसन र पुनर्बीमा कम्पनीका एक एकजना प्रतिनिधि सदस्य तथा बीमा समितिका प्रतिनिधि सदस्य–सचिव रहेका छन् ।

उपसमितिले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समयावधि तोकिएको छ । यसैगरी, कार्यक्रममा इन्जिनियरिङ् बीमा दरसम्बन्धी निर्देशिका विरुद्ध आन्दोलनरत निर्माण व्यवसायी महासङ्घ, इप्पान लगायतले गर्दै आएका धर्ना लगायतका विरोधका सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्ने निर्णय भएको छ ।

कार्यक्रममा अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय सम्पत्तिको अन्तर्राष्ट्रिय क्षेत्रका उत्कृष्ट कम्पनीमा पुनर्बीमा हुन सकोस्, राष्ट्रिय सम्पत्तिको सुरक्षा होस, कुनै कारणले केही भएमा तुरुन्तै बीमा दाबी रकम भुक्तानी पाइयोस् र इन्जिनियरिङ् बीमा गर्दा कार्टेलिङ हुन नपाओस् भन्ने नै समितिको चासोको विषय भएको उल्लेख गरेका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इन्जिनियरिङ् बीमा दरका सम्बन्धमा सरोकारवालाहरूसँगको छलफलबाट निष्कर्ष निकालेर सहमतिका साथ अगाडि बढ्न समिति प्रतिवद्ध रहेको बताए । 

कार्यक्रममा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रका प्रतिनिधि, निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान), नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल हेभि इक्युपमेन्ट महासङ्घ र नेपाल बीमक सङ्घका पदाधिकारी, बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं पदाधिकारीहरू र बीमा समितिका निर्देशकहरु कमल प्रसाद रेग्मी, सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल तथा दिनेश कुमार लालको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ०८ बजे

दुई जनालाई डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२

काठमाडौं– डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०८२ वरिष्ठ चिकित्सक

गर्मी बिदामा पनि सक्रिय पढाइ, विद्यार्थीको घर–घरमा पुग्दै शिक्षक

चितवन- अत्यधिक गर्मीका कारण विद्यालय बन्द भए पनि नेपाल पुलिस

हिरासतमै बित्न लाग्यो दीपक भट्ट र शुलभ अग्रवालको तीन महिना, फेरि थपियो म्याद

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी

चित्रपुरमा आँप महोत्सव : आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर– धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो साता आँप

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो