फाइल तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

पाकिस्तान र तालिबानको सम्बन्धमा तिक्तता

By खबरहब

April 25, 2022

काठमाडौं– पाकिस्तानले हवाई आक्रमण गरेपछि अफगानिस्तानमा शासन चलाइरहेको तालिबान र पाकिस्तानबीचको सम्बन्धमा तिक्तता आएको छ ।

केही दिनअघि पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलमा हवाई आक्रमण गर्दा ४० जनाको मृत्यु भएको थियो । पछिल्लो समय दुई मुलुकबीच अविश्वास बढ्दै जाँदा पछिल्लो समय यिनीहरु आलोचना र आक्रामक वक्तव्यबाजीमै उत्रिन थालेको विश्लेषकहरुले जनाएका छन् ।

काबुलमा हवाई आक्रमण गरेपछि अफगानिस्तान र विश्वभर पाकिस्तानको विरोधमा प्रदर्शनहरू आयोजना गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पाकिस्तानी हमलाबाट आक्रोशित अफगानिस्तानले ‘अनपेक्षित परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको छ । यता पाकिस्तानले पनि अफगानिस्तानमा तालिबानले आतंककारीहरुलाई आश्रय दिएको आरोप लगाएको छ ।

यसअघि गत सेप्टेम्बर महिनामा तालिबानले पाकिस्तानको विरोधमा प्रदर्शनरत आफ्ना नागरिकमाथि गोली चलाएको थियो । त्यसबेला उनले तालिबानका प्रवक्ता सुहेल सहिनले पाकिस्तानसँगको सम्बन्ध ‘अत्यन्त महत्वपूर्ण’ रहेको टिप्पणी गरेका थिए ।