साउदी अरेबियामा ‘डक्टर स्ट्रेन्ज’ लाई  प्रतिबन्ध « Khabarhub

साउदी अरेबियामा ‘डक्टर स्ट्रेन्ज’ लाई  प्रतिबन्ध


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेनेडिक्ट कुम्बरब्याच अभिनीत सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज-इन द मल्टिभर्स अफ म्याडनेस’ चर्चामा छ । 

मार्भलको पछिल्लो फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ मा नै फिल्मको कथाको बारेमा दिइएको हिन्टले फिल्मलाई प्रतीक्षित बनाइरहेको छ । यद्यपि रिलिजको अन्तिम तयारीमा रहेको यो फिल्म विवादमा समेत फसेको छ । साउदी अरेबियासहित अरबका अन्य देशहरुमा रिलिज गर्न लागिएको फिल्ममा समलिङ्गी पात्रको उपस्थिति रहेको भन्दै प्रतिबन्ध लगाइएको छ ।

निर्माता कम्पनी मार्भलकै अघिल्लो फिल्म ‘द इटर्नल्स’ लाई रोक लगाइएको प्रावधानलाई पछ्याउँदै साउदीले सोही ब्यानरको अर्को फिल्मलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो । मार्भल सिनेम्याटिक युनिभर्सको पहिलो समलिङ्गी सुपरहिरो ‘द इटर्नल्स’ पनि समलिङ्गी रोमान्स भएका कारण साउदी अरेबियामा प्रतिबन्ध लगाइएको थियो । सामान्यतः खाडी मुलुकमा समलैंगिकता सम्बन्धी विषयमा बनेका फिल्मको सेन्सर पास हुँदैन । 

‘डक्टर स्ट्रेन्ज-इन द मल्टिभर्स अफ म्याडनेस’ मा अमेरिका चाभेजलाई लेस्बियन किशोरीको रुपमा चित्रण गरिएको छ । यही कारण दर्शाउँदै साउदी सेन्सरले फिल्म प्रदर्शनको अनुमति नदिएको हो ।

सामुएल मार्शल रैमी निर्देशित ‘डक्टर स्ट्रेन्ज-इन द मल्टिभर्स अफ म्याडनेस’ बेनेडिक्ट कुम्बरब्याचसँगै चिवेटोल इजोफोर, बेनेडिक्ट वङ लगायतको मुख्य भूमिका छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ३४ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,