चन्दननाथको मेयर पदमा कठायतको स्वतन्त्र उम्मेदवारी « Khabarhub

चन्दननाथको मेयर पदमा कठायतको स्वतन्त्र उम्मेदवारी


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेपाली कांग्रेसका नेता राजुसिंह कठायतले जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

नेपाली कांग्रेसले पार्टीले मेयर पदको उम्मेदवारको टिकट नदिएपछि उनले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका  हुन् ।

त्यस्तै मेयर पदका स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले लामो समयदेखि पार्टीमा खटिएर लाग्दासमेत अन्तिममा पाँचौँ नम्बरमा रहेका उम्मेदवारलाई मेयर पदको टिकट दिएको बताए । उनले भने, ‘पार्टीलाई योगदान दिने कार्यकर्ता नचिन्ने नेपाली कांग्रेसको पार्टी छोडेर स्वतन्त्र उम्मेदवार दिनु परेको हो’ 

तर नेपाली कांग्रेस पार्टीले चन्दननाथ नगरपालिकामा अधिवक्ता पदम शाहीलाई मेयरको उम्मेदवार बनाएको छ । उपमेयरमा रामदेवी खड्कालाई उम्मेदवार बनाएको हो । 

मेयर पदका उम्मेदवार शाही कानुन व्यवसायी हुन् । यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट मेयरमा कान्तिका सेजुवाल र उपमेयरमा माओवादी केन्द्रबाट अप्सरा न्यौपाने विजयी भएकी थिइन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ७ : ५० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित