इलामको सन्दकपुरमा एमालेका जिल्ला सचिव नै बागी « Khabarhub

इलामको सन्दकपुरमा एमालेका जिल्ला सचिव नै बागी


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– नेकपा एमाले इलामका सचिव उमेश गुरुङ्गले इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिएका छन् ।

एमालेको टिकट वितरणमा असन्तुष्ट गुरुङले बागी उम्मेद्वारी दर्ता गराएका हुन् । सन्दकपुर गाउँपालिकामा एमाले उदय राईलाई टिकट दिएको छ ।

राईले सोमबार मनोनयन दर्ता गराएका छन् । गाउँपालिकाको निवर्तमान अध्यक्षसमेत रहेका राई नेकपा एमालेका उपाध्यक्ष हुन्, पार्टीले उपाध्यक्षलाई टिकट दिएपछि सचिव गुरुङले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

गुरुङले सोमबार नै जिल्ला कमिटीको सचिवबाट राजीनामा दिएका छन् । गुरुङले एमालेको जिल्ला अधिवेशनमा प्रकाश अधिकारीलाई पराजित गर्दै सचिव निर्वाचित भएका थिए ।

सन्दकपुर गाउँपालिकामा वडाअध्यक्षमा समेत बागी परेको छ । योगेन्द्र राउतले बागी उम्मेदवार दर्ता गराएका छन् । त्यहाँ एमालेले निरोज राउतलाई वडाअध्यक्षको टिकट दिएको थियो । इलाम नगरपालिका ९ का शेरबहादुर खड्काले बागी दिएका छन् । त्यहाँ ललित चौहान एमाले आधिकारिक उम्मेदवार हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ८ : ५६ बजे

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप

भव्य रह्यो ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ को अडिसन

काठमाडौं – राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल–२०२६’ को