घरजग्गा कारोबारका लागि छुट्टै संस्था बनाउने सरकारको योजना « Khabarhub

घरजग्गा कारोबारका लागि छुट्टै संस्था बनाउने सरकारको योजना


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले घरजग्गाको कारोबारलाई नियमन गर्ने भएको छ । अत्यधिकरुपमा घरजग्गाको कारोबार भएको र अनधिकृतरुपमा मूल्यवृद्धि भएको गुनासोका बीच सरकारले त्यसलाई नियमन गर्न लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आव २०७९/८० को नीति तथा कार्यक्रममा घरजग्गा कारोबारलाई विशिष्टीकृत क्षेत्रबाट मात्रै कारोबार हुने व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

घरजग्गाको कारोबारका लागि नियमन गर्न छुट्टै संस्था बनाउने सरकारको योजना छ । विद्यमान व्यवस्थानुसार राजस्वको छली तथा वास्तविक कारोबारको विवरणसमेत थाहा नहुने भएकाले छुट्टै संस्था स्थापना गर्न लागिएको हो ।

त्यस्तै, सरकारले लेखापरीक्षणलाई वस्तुगत र पारदर्शी बनाउन सूचना प्रविधिको प्रयोग तथा लेखा परीक्षणकको क्षमता अभिवृद्धि गरिनेछ । आर्थिक पारदर्शिता र वित्तीय अनुशासनलाई कडाइका साथ पालना गर्दै बेरुजु कम गर्ने लक्ष्य राखिएको छ ।

आगामी आवको नीति तथा कार्यक्रमले समुन्नत नेपालको आकाङ्क्षालाई पूर्णरुपमा आत्मसात् गरेको उल्लेख गरिएको छ । कार्यक्रमको कार्यान्वयनबाट कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि भई सबल अर्थतन्त्र निर्माण हुने सरकारको विश्वास छ ।

त्यस्तै, नेपालको संविधान जारी भएपछि दोस्रो पटक स्थानीय तह र वडाको निर्वाचन सम्पन्न भएकामा प्रसन्नता व्यक्त गरिएको छ ।

पहिलो पटकको स्थानीय तहको निर्वाचनमा मतदान हुन नसकेका वडामा समेत यसपटक निर्वाचन सम्पन्न भएको विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको उल्लेख छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १२ : ०५ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण