राजस्थानलाई हराउँदै गुजरात आईपीएल क्रिकेटको फाइनलमा « Khabarhub

राजस्थानलाई हराउँदै गुजरात आईपीएल क्रिकेटको फाइनलमा


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई हराउँदै नवप्रवेशी गुजरात टाइटन्स फाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

गुजरातको जितमा डेभिड मिलरले६८ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान हार्दिक पाण्डयले ४० रन जोडे। राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले १–१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो।

राजस्थानलाई पनि फाइनल पुग्ने अवसर रहेको छ। अब राजस्थानले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

इलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ६ : ५१ बजे

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी

६ जना फरार प्रतिवादी पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका ६ जना फरार