राजस्थानलाई हराउँदै गुजरात आईपीएल क्रिकेटको फाइनलमा « Khabarhub

राजस्थानलाई हराउँदै गुजरात आईपीएल क्रिकेटको फाइनलमा


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई हराउँदै नवप्रवेशी गुजरात टाइटन्स फाइनलमा प्रवेश गरेको छ।

मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो।

गुजरातको जितमा डेभिड मिलरले६८ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान हार्दिक पाण्डयले ४० रन जोडे। राजस्थानका ट्रेन्ट बोल्ट र ओबेड म्याकक्वेले १–१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो।

राजस्थानलाई पनि फाइनल पुग्ने अवसर रहेको छ। अब राजस्थानले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

इलिमिनेटरमा लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ६ : ५१ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना