उत्तर कोरियाद्वारा एकैपटक तीनओटा मिसाइल प्रहार « Khabarhub

उत्तर कोरियाद्वारा एकैपटक तीनओटा मिसाइल प्रहार


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ – उत्तर कोरियाले तीन वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले बुधरबार पूर्वी तटको सागरमा तीन वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया भ्रमण सकेर स्वदेश प्रस्थान गरेको केही घन्टापछि उत्तरले तीन ओटा मिसाइल प्रहार गरेको हो । क्वाड शिखर सम्मेलनमा सहभागी हुन बाइडेन टोकियो आएका थिए । भ्रमणका क्रममा उनी दक्षिण कोरिया पनि पुगेका थिए ।

उत्तरले करिब दुई सातापछि फेरि मिसाइल प्रहार गरेको हो । सन् २०२२ को सुरुदेखि नै उत्तर कोरियाले बारम्बार मिसाइल प्रहार गर्दै आएको छ । उत्तरले बुधबार प्रहार गरेको मिसाइल १७औँ हो । उत्तर कोरियाको राजधानी प्योङयाङको सुनान क्षेत्रबाट करिब एक घण्टाको अन्तरालमा मिसाइल प्रक्षेपण गरिएको दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ८ : ०४ बजे

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान