यूएईमा पनि देखियो मंकीपक्स « Khabarhub

यूएईमा पनि देखियो मंकीपक्स


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई- विश्वका विभिन्न देशमा फैलिएको मंकीपक्स भाइरस युनाइटेड अरब इमिरेट्समा पनि देखिएको छ । मंकीपक्स भाइरस देखिने पहिलो खाडी देश हो । यसअघि १५ देशमा यो भाइरस देखा परेको थियो । भाइरस देखिएपछि जुनसुकै महामारीलाई नियन्त्रण गर्न तयार रहेको यूएईले जनाएको छ । 

पश्चिमी अफ्रिकाबाट आएकी एक २९ वर्षीया महिलामा भाइरस देखिएको थियो । उनको हाल उपचार भइरहेको त्यहाँको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ । ‘हामीले सन्दिग्ध बिरामीहरूको निदानको लागि सटीक संयन्त्र राखेका छौं’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

सामान्य ज्वरो आउनु, शरीरमा फोका देखिनु मंकीपक्सका लक्षण हुन् । 

युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलियामा हालैको प्रकोपमा ८० भन्दाबढी केसहरू पुष्टि भएका छन् । अन्य धेरै सन्दिग्ध केसहरुको अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १२ : ५७ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र