काठमाडौँ- उत्तर कोरियाले बुधबार परीक्षण गरेका तीन क्षेप्यास्त्रमध्ये पहिलो क्षेप्यास्त्र अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र रहेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
उत्तर कोरियाले परीक्षण गरेको दोश्रो क्षेप्यास्त्र भने बीच आकाशमै असफल भएको दक्षिण कोरियाली सेनालाई लाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ त्यस्तै, तेस्रो क्षेप्यास्त्र भने छोटो दुरीको ब्यालेष्टिक क्षेप्यास्त्र रहेको जनाइएको छ ।
उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको जवाफस्वरुप अमेरिका र दक्षिण कोरियाले जमिनबाट जमिनमा मार हान्ने क्षेप्यास्त्र परीक्षण गरी सैन्य अभ्यास गरेका छन् ।
अभ्यासमा अमेरिकाका तर्फबाट ‘आर्मी ट्याक्टिकल मिसाइल सिस्टम’ तथा दक्षिण कोरियाली सेनातर्फबाट ‘ह्युन्मु–२ एसआरबीएम’ एकाइको सहभागिता रहेको जनाइएको छ ।
यस वर्ष उत्तर कोरियाले हतियार परीक्षणलाई तीव्र पारेको छ । यो वर्ष उत्तर कोरियाले हाइपरसोनिक क्षेप्यास्त्रदेखि अन्तरामहादेशीय क्षेप्यास्त्र सम्म परीक्षण गरिसकेको छ ।
यसअघि उत्तर कोरियाले आणविक परीक्षणस्थलको मर्मत गरेको समाचार सार्वजनिक भएसँगै उत्तर कोरियाले चाँडै आणविक हतियार पनि परीक्षण गर्नसक्ने अनुमान गरिएको छ । रोयटर्सका अनुसार उत्तर कोरियाले सन् २०१७ यता आणविक हतियार परीक्षण गरेको छैन ।
प्रतिक्रिया