आगामी दिनमा विद्यार्थीमाथि दुर्व्यवहार हुन दिन्नौँ : सेन्ट लरेन्स कलेज « Khabarhub

आगामी दिनमा विद्यार्थीमाथि दुर्व्यवहार हुन दिन्नौँ : सेन्ट लरेन्स कलेज


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चावहिलस्थित सेन्ट लरेन्स कलेजले आगामी दिनमा विद्यार्थीमाथि कुनै पनि प्रकारका दुर्व्यवहार हुन नदिने प्रतिवद्धता जनाएको छ।

विद्यालयका प्राचार्य पुरुषोत्तम महर्जनले मंगलबार प्रेस विज्ञप्ती निकालेर यसअघि कक्षा ११मा अध्ययनरत छात्रामाथि भएको दुर्व्यवहारप्रति आफ्नो र कलेजको ध्यानाकर्षण भएको जनाउँदै पीडितले न्याय पाउनेमा विश्वस्त रहेको जनाएका छन् ।

विद्यार्थीमाथि दुर्व्यवहार भएको औपचारिक जानकारी पाए लगत्तै पीडित छात्रासँग ६ गते शुक्रबार जानकारी लिएको र त्यसपछि ९ गते सोमबार अभिभावकसमेतलाई राखेर छलफल गरेको तथा त्यसलगत्तै सोमबार नै आरोपित शिक्षकलाई बर्खास्त गर्ने निर्णय भएको भएको विज्ञप्तिमा उल्लेख छ ।

पीडित छात्राहरुको तर्फबाट महानगरीय प्रहरी वृत्त, गौशालामा उजुरी दर्ता भएपछि हाल अनुसन्धान भइरहेको छ। यस घटनाको सम्बन्धमा प्रहरी तथा सम्बन्धित निकायहरूले गर्ने अनुसन्धानमा आवश्यक सहयोग गर्न कलेज व्यवस्थापन तथा प्रशासन तत्पर रहेको जनाइएको छ ।

साथै दोषीउपर कडा कारबाहीको लागि अनुसन्धान प्रक्रियामा सहयोग गरी दिनु हुन कलेजका सम्पूर्ण विद्यार्थी तथा अभिभावकलगायत सम्बन्धित सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १ : १२ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना