सौगात र सरोजलाई जुरेको ‘घनचक्कर’  « Khabarhub

सौगात र सरोजलाई जुरेको ‘घनचक्कर’ 


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय प्राय फिल्ममा देखिने कलाकार हुन् सलोन बस्नेत । बाल्यकाल देखि नै फिल्ममा देखा परिरहेका सलोनलाई सौगात मल्लसँग अभिनय गर्ने इच्छा थियो । आफ्नो भूमिकालाई जीवन्त बनाउन सौगातसँग सलोनले फिल्म ‘घनचक्कर’ मा काम गर्ने मौका पाए । सलोनका पिता शोभित बस्नेतले सलोनको इच्छा बारे बताएका हुन् । ‘सलोन अहिले फिल्म छायांकनको लागि विदेशमा छन् । उसको ठुलो इच्छा नै सौगातसँग काम गर्ने थियो । यो पुरा हुँदा सलोन निकै उत्साहित छन्’ शोभितले भने । 

पुराना कलाकार सरोज खनालले पनि आफूलाई सौगातसँग फिल्म खेल्ने रहर सुनाएँ । ‘मैँले सौगातजीलाई नाटकमा देख्दा नै फिल्ममा काम गर्न मन लागेको हो । उनले आफ्नो भूमिकामा प्राण भर्ने शैलीको म प्रशंसक हुँ’ सरोजले भने । उनले ‘कागबेनी’ देखि नै सौगातको फिल्म हेर्दै आइरहेका छन् । ‘मैँले उनको फिल्म र नाटकलाई हेर्न थालेको लामो समय भइसक्यो । घनचक्करमा काम गर्न पाएँ । एउटा राम्रो कलाकार अर्को राम्रो कलाकारसँग काम गर्न पाउँदा हर्षित हुन्छ’ सरोजले भने । 

सौगातले भने आफू सरोज र सलोनसँग काम गर्न पाउँदा खुशी लागेको बताए । ‘सरोज दाइले त्यसो भन्दा मलाई अप्ठ्यारो लागेको छ । किनकी मैले उहाँको काम देखेर धेरै सिकेको छु’ सौगातले भने । आफू फिल्ममा आउँदा सरोज अमेरिका रहेको स्मरण गर्दै उनले भने ,’मैँले अलि अलि नाटकमा सरोज दाइलाई देख्न पाएँ । म आफैँ काम गर्न उत्साहित थिए ‘ उनले भने । 

यस्तै सलोनसँग कुरा पहिला देखि नै भएयता पनि काम भन्ने गर्ने मौका बल्ल जुरेको बताए । ‘सलोन राम्रो कलाकार हुन् । उनले गर्ने कामले मलाई च्यालेन्ज गर्छ र झन् राम्रो काम गर्नु पर्ने दबाब हुन्छ । सलोन नयाँ पुस्ताका लागि क्यारेक्टर बाच्ने कलाकार हुन्’ सौगातले भने । प्रेम र पैसाको लागि युवाहरुबीचको ‘घनचक्कर’ लाई प्राथमिकता दिइएको छ । अभिनेता सौगात मल्ल, सलोन बस्नेत, जेबी डिसी, सरोज खनाल, आशान्त शर्मा, ममता प्रधान, शिशिर भण्डारी लगायत समेटिएका छन् ।

अर्जुन सिंहको कथामा बनेको फिल्ममा सम्पादन मित्र डि गुरुङको छ । जितेन्द्र राजोपाध्यायको निर्देशनमा बनेको फिल्मलाई करुणा अर्याल र संगम भट्टले निर्माण गरेका हुन् । श्रीराम बालाजी फिल्मस् ले यो फिल्मको वितरण अधिकार लिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  १ : ३३ बजे

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल