रुसी संसद्‌द्वारा पश्चिमा मुलुकका सञ्चार माध्यममाथि प्रतिबन्ध लगाउने विधेयक अनुमोदन « Khabarhub

रुसी संसद्‌द्वारा पश्चिमा मुलुकका सञ्चार माध्यममाथि प्रतिबन्ध लगाउने विधेयक अनुमोदन


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसको संसद्ले पश्चिमा मुलुकका सञ्चार माध्यममाथि प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार रुसी संसद्को यो कदमले रुसप्रति ‘असहिष्णु’ मुलुकका मिडियामाथि प्रतिबन्ध लगाउन राष्ट्रपति भ्लादिमिर पुटिनलाई बाटो खुल्नेछ ।

उक्त विधेयकले मुलुकको अभियोजनकर्ताको कार्यालयले प्रतिबन्ध लगाएका मिडियामा प्रकाशित लेख वा सामग्रीको पनि वितरण गर्न पनि बन्देज लगाउनेछ ।

उक्त विधेयकको पहिलो चरण रुसी संसद् डुमाको तल्लो सदनले पारित गरेको रोयटर्सले जनाएको छ । तल्लो सदनमा अरु दुई चरणमा यो विधेयक पारित हुने र माथिल्लो सदनले मूल्यांकन गरेपनि बल्ल राष्ट्रपति पुटिनले हस्ताक्षर गरेपछि लागू हुने जनाइएको छ ।

यस विधेयकअनुसार यसमा उल्लेखित प्रावधान उल्लङ्घन गर्ने पत्रकारको विदेश मन्त्रालयको इजाजत फिर्ता लिइनेछ ।

यो विधेयकलाई आन्द्रेई लुगोभोए लगायतका विधायकहरूले अघि सारेको रोयटर्सले जनाएको छ । लुगोभोए सन् २००६ मा पुटिनका आलोचक अलेक्जाण्डर लिट्भिनेन्कोको हत्याका लागि बेलायतमा अभियोग खेपिरहेका छन् ।

रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभले रुसी सञ्चार माध्यमहरूलाई चल्न बन्देज लगाएको भन्दै बारम्बार क्रुद्ध प्रतिक्रियाहरु दिइरहेका छन् ।

गत मार्च महिनामा पुटिनले जानाजान ‘फेक’ (झूट) समाचार फैलाउनेलाई १५ वर्षसम्मको जेल सजाय हुने कानूनमा हस्ताक्षर गरेका थिए । त्यसयता धेरै विदेशी पत्रकारले रुस छाडिसकेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  २ : २५ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री