अन्तत: ‘दोख’ प्रदर्शनमा आउने  « Khabarhub

अन्तत: ‘दोख’ प्रदर्शनमा आउने 


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लामो समयको पर्खाइ पश्चात फिल्म ‘दोख’ प्रदर्शनमा आउने भएको छ । गाउँले परिवेश, जीवनशैली, द्वन्द्व र फुटबललाई विषय बनाएको फिल्मलाई अनुप बरालले निर्देशन गरेका हुन् ।

आउँदो महिना असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म २०७२ साल देखि नै निर्माणमा छ । भुइँचालोकै समयतिर बनाउन सुरू गरिएको फिल्मको छायांकन भुइँचालो गएपछि केही सयम रोकिएको थियो। कहिले भुइँचालो, नाकाबन्दी त कहिले कोरोनाका कारण फिल्म प्रदर्शनमा आउने समय धर्किँदै गएको फिल्मले अन्तत: प्रदर्शन तय गरेको हो ।

झट्ट हेर्दा माओवादी द्वन्द्वको कथा जस्तो लाग्ने फिल्म ‘दोख’ लाई निर्देशक बराल सामुदायिक बनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाएको बताउँछन् । यसको कालखण्ड भने माओवादी द्वन्द्वताकाकै हो । सामुदायिक बनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरूले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन् । अर्थात फुटबल खेलमा जसले जित्छ, बनमाथि उनकै रजाईं चल्छ । तर, द्वन्द्वको बेला गाउँमा फुटबल खेल्ने युवाहरू पनि छैन ।

शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको यो फिल्मलाई राजन कटैतले लेखेका हुन् । फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ । केही समय अगाडि फिल्ममा समावेश ओएसटी सार्वजनिक गरिएको थियो । जसमा श्रवण मुकारुङको शब्द, झुमा लिम्बुको स्वर र पुष्पा संगमको संगीत रहेको   छ।

यसमा आभास र पुष्प संगमको संगीत समावेश छ। सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् । फिल्म वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले लिएको छ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  २ : २२ बजे

यूएईविरुद्ध नेपालको छैठौँ विकेट गुम्यो, सात बलमा एक रन बनाएका झा आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी

ओली-लेखक नछाडे प्रधानमन्त्रीलाई नै गोली हान्छु भन्ने‍ साजन पक्राउ परे

काठमाडौं- गत भदौको जेन-जी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका

प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक जना पक्राउ

काठमाडौं- प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएको आरोपमा एक

जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जितगढी किल्लालाई राष्ट्रिय

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिद्वारा संसद्को नयाँ नियमावली तयार

काठमाडौं– प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसद्को नयाँ नियमावली तयार गरेको